काठमाडौँ, २८ जेठः
सार्वजनिक लेखा समिति बैठक
सिंहदरबारमा बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठक । तस्बिरः गोपाल दाहाल/रासस
आक्रमण न्युज
२०८३ अषाढ २३, मंगलबार मा प्रकाशित २ घण्टा अघि
६ पाठक संख्या
काठमाडौँ। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिनुभयो ।
बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो । समितिको कामकारबाहीमा सहजीकरणका लागि पाँच उपसमिति गठनको प्रस्ताव गरिएको छ ।
प्रस्तावित उपसमितिका सम्बन्धमा सबै दलको प्रतिनिधित्व रहेको कार्य परामर्श उपसमितिमा थप छलफल गरी टुङ्गोमा पुग्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस