Follow

Subscribe to notifications
आज: २०८३ मंसिर २, बुधबार | Wed, 18, Nov, 2026

एनपीएल एलिमिनेटर : टस जितेर चितवनले रोज्यो ब्याटिङ, हार्ने टोली बाहिरिने


  • आक्रमण न्युज
  • २०८३ मंसिर २, बुधबार मा प्रकाशित ८ घण्टा अघि
  • ३५ पाठक संख्या
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार हुने एलिमिनेटर खेलमा चितवन राइनोजले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले काठमाडौं गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो।

    चितवन राइनोजको कप्तानी रवि बोपाराले गरिरहेका छन् भने काठमाडौं गोर्खाजको नेतृत्व नियमित कप्तान करण केसीले सम्हालिरहेका छन्।

    आजको महत्त्वपूर्ण खेलका लागि चितवनले टोलीमा दुई परिवर्तन गरेको छ। सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलानलाई टोलीमा समावेश गरिएको छ।

    त्यस्तै, काठमाडौं गोर्खाजले पनि आफ्नो टोलीमा दुई परिवर्तन गरेको छ। सुमित महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेटले मौका पाएका छन्।

    एलिमिनेटरको यो खेल दुवै टोलीका लागि निर्णायक हुनेछ। खेल जित्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

    दोस्रो क्वालिफायरमा यसअघि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्सले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

    लिग चरणमा काठमाडौं गोर्खाज चार जित र तीन हारसहित आठ अंक जोडेर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो। चितवन राइनोज भने तीन जित, तीन हार र वर्षाका कारण एक खेल रद्द भएपछि सात अंकसहित चौथो स्थानमा रह्यो।

    यी दुई टोलीबीच लिग चरणमा भएको प्रतिस्पर्धामा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको थियो। त्यसैले अघिल्लो हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिएको चितवनका लागि आजको खेल थप चुनौतीपूर्ण बनेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑