Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ३, बिहिबार | Thu, 19, Nov, 2026

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको प्रभाव नेपालमा, यी प्रदेशमा देखिनेछ मौसममा बदली


  • आक्रमण न्युज
  • २०८३ मंसिर ३, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • २७ पाठक संख्या
  • काठमाडौँ । नेपालमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने तराई, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराईका विभिन्न स्थान, उपत्यका र खोँचहरूमा भने तुवाँलोको प्रभाव देखिएको छ।

    आज दिउँसो कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

    त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य प्रदेशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    शुक्रबार दिउँसो पनि कोशी र मधेस प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

    पश्चिमी वायु र चक्रवातको आंशिक प्रभावका कारण मौसममा सामान्य उतारचढाव देखिए पनि तत्काल देशभर वर्षा हुने संकेत भने पूर्वानुमानमा उल्लेख गरिएको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑