Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

स्याङ्जामा विद्यार्थीलाई कपाल काट्ने सीप सुरु


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ४२५ पाठक संख्या
  • काठमाण्डौ जेठ २८, – स्याङ्जाको वालिङ नगरपालिका–९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम शुरु गरेको छ ।

    व्यावहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । जिल्लाकै पुरानो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।

    विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्क रूपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै गएको भन्दै भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गर्ने प्रयास गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑