
राजनीतिक पार्टी बिच आन्तरिक द्वन्द्व चर्किएको छ, सकारात्मक दृष्टिकोणबाट हेर्दा यो राम्रो कुरा हो ।
पार्टीभित्रको आन्तरिक द्वन्द्वले पार्टीलाई दुर्घटनाबाट जोगाउँछ, नेतृत्वलाई गल्ती, कमजोरी सच्याउने मौका दिन्छ । त्यसैले नेताहरूले आफैँले आफैँलाई सुधार्नुपर्छ, अन्यथा सुधार्नका लागि पार्टीभित्रैबाट कार्यकर्ताहरूले दबाब सृजना गरिनुपर्छ । व्यवहारमा नेताहरूले आन्तरिक लोकतन्त्रलाई सवल र सदृढ गर्न नसक्नुले पार्टीभित्र अनेक खालका विकृति र विसंगति झाँगिँदै गएको छ ।
त्यसलाई गोडमेल गर्ने काम नेता, कार्यकर्ताहरूकै हो । पछिल्लो समय पार्टीमा नीति होइन, नेता प्रधानको प्रवृत्ति झाँगिँदै गएकोले नेताका विरुद्ध कोही पनि ‘चूँ’सम्म बोल्दा सक्दैन ।नेताले जस्तोसुकै गल्ती गरे पनि ठिक भन्ने जुन खालको अवसरवाद हाबी भएको छ, त्यसले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाएको छ । लोकतन्त्र कमजोर हुँदा अराजकता बढ्छ । अहिले जताततै अराजकता किन बढिरहेको छ भने मुलुक कानुनी बाटोमा होइन, दण्डहीनतातर्फ उन्मुख छ । धेरै कानुनहरू देश र आम नागरिकको हितमा छैन, स्वार्थ समूह र बिचौलियाको स्वार्थमा गरिएको सबैले बुझेको कुरा हो । त्यसको जति चिन्तन मनन हुनुपर्ने हो त्यो हुन सकेको छैन !
यसैको उदाहरण हुन वर्तमान प्रम बालेन्द्र शाह जसले न्यायपालिका शुद्धिकरण र भ्रष्टाचार विरुद्धका लागि चाल्नु भएको उचित कदम बाट बिचौलिया प्रथाको अन्त्य हुने विश्वास गर्न सकिन्छ ! काम गर्न माहिर राजा महेन्द्र एक दुरगामि राजा होइबक्सिन्थ्यो भने प्रधानमन्त्रि वालेन्द्र शाह नबोल्ने कडा प्रधानमन्त्रि का रुपमा चिनिनु हुन्छ ।
प्रधानमन्त्रि बालेन्द्र शाह कतिपय विषयमा चित्त नबुझे पनि वहा ले तत्कालै प्रतिक्रिया दिन हतार गर्नु हुन्न , बैठक बोलाएर सामुहिक बहस, छलफलको माध्यमबाट समस्याको निकास निकाल्न खोज्नु प्रधानमन्त्रि को विशेषता हो ! भाषणले मात्रै विद्रोहको पुष्टि हुँदैन, व्यवहारमा देखिनुपर्छ । प्रधानमन्त्रि बालेन्द्र शाह ले जस्तै तत्काल बैठक बोलाएर ठोस परिस्थितिको तार्किक निष्कर्ष निकालेर अगाडि बढन सक्नु नै असल नेता को गुण मानिन्छ, अस्तु !

प्रतिक्रिया दिनुहोस