आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

राजनितिलाइ सदाका लागि तिलान्जलि


  • आक्रमण न्युज
  • २०८३ श्रावण १२, मंगलबार मा प्रकाशित ३ घण्टा अघि
  • ४९ पाठक संख्या
  • देवदेवीहरू मनले जहाँ चाह्यो त्यहीँ प्रकट हुन्थे भन्ने धर्मशास्त्रहरूमा पाउँछौँ । तर यी साधनहरूको उपलब्धता पनि त्यो समयका सर्वसाधारणको पहुँचभन्दा निक्कै परको कुरा हुन्थ्यो ! दैवीय शक्तिको क्षमता नहुनेहरूमा उड्न र गुड्न असम्भव थियो । अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् । आध्यात्मिक ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ ।

    अंक स्थिर छ शून्य चञ्चल र अधीर छ । शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । अब यहाँ भन्दा भित्र र गहिराइमा नजाऔँ किनकि हामीलाई बाहिर निस्कन बाधा हुन्छ ! देशको अवस्थितिलाई भूगोलको अक्षांश र देशान्तरले सिमाङ्कन गरेको छ । हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ । जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ ।

    भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ ! समयको गतिसँगै प्राप्त विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए ।यी सबै भ्रमहरूको पछि लाग्नेहरू यदि आजसम्म आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होला ! पुरानो विरासत र हैसियतले कहिलेकाहीँ फरक भूगोलका उत्पादित बस्तु हवाईजहाजको माध्यमबाट नियमित उडानमा ल्याउनु र उपभोग गर्नु कति नै ठुलो कुरा थियो र ! छर्नेले भ्रम धुमधामले छरे, यिनै भ्रमका मन्त्रहरू जप्दाजप्दै स्वर्ग जस्तो हाम्रो देशलाई नर्कमा परिणत गऱ्यौँ । दिग्भ्रमित नेताहरूले जनतालाई संधै गोयवल्स शैलीमा भ्रमहरू उछाली रहे ।आजसम्म पनि राजसंस्थाको बारेमा यही शैलीमा भ्रमहरू ओकल्न बाँकी राखेका छैनन् ।

    तर राजसंस्थाका बारेमा छरिएका भ्रमहरू शनै-शनै प्रष्टिँदै गए । स्वयं नेताहरू नै कसैको उक्साहटमा दिग्भ्रमित बनेको कुरा नस्वीकारे पनि पछिल्ला राजनीतिक गतिविधिमा नेताहरूका धोल्लो बोली र लुला खुट्टा देखिनु त्यसैको द्योतक मान्न सकिन्छ ! नेताहरूले जनतालाई गलत बुझाएको बुझेपछि यतिखेर जनताले उनीहरूप्रति घृणा र आक्रोश ब्याप्त छ भने राजा र राजसंस्थाप्रति विश्वास प्रेमभाव दिनानुदिन बढेको छ !विज्ञानको चमत्कारले गर्दा पुष्पकविमानको ठाउँमा लौहविमानलाई हावामा उडाउन सकियो ।

    धृतराष्ट्रलाई झैँ ‘आँखोदेखा हाल’ बताउने सञ्जयको अब जरुरी छैन । गोलो पृथ्वीका त कुरा छोडौं, अन्तरिक्ष यात्रीका रकेटभित्रका गतिविधि पनि पृथ्वीबाटै प्रत्यक्ष देख्न सकिन्छ । त्यसैले अबको जमानामा कसैले कसैलाई भ्रम नछरेको राम्रो ! झुठ र भ्रम के हो सत्य यथार्थ र वास्तविक के हो ? भन्ने थाहा पाउन अब कसैले कसैलाई बताइरहनै पर्दैन । आजकलका मान्छेले दुधको दुध पानीको पानी छुट्ट्याउन हात-हातमा उपलब्ध स-साना यन्त्रका माध्यम काफी छ । इतिहासका पानामा भेटिएका गल्ती कमी-कमजोरी केलाएर र सच्याएर देश अघि बढ्न सकेन भने हामी नेपालीहरूले पनि द्वन्द्वग्रस्त मुलुकहरू सरह दुःख सहन बाध्य हुनेछौँ । हामीले चाह्यौँ भने देशमा दीगो र चीरकालपर्यन्त शान्ति कायम गर्दै देशलाई विश्वका सम्पन्न मुलुकको दाँजोमा पुऱ्याउन कुनै र कसैको भर नपरी गर्न सक्छौँ । यतिखेर त्यो अवसर आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट