आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

वर्तमान सरकार लाइ नैतिक साहस देउ


  • आक्रमण न्युज
  • २०८३ श्रावण ३१, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ५६ पाठक संख्या
  • दलहरूको भूमिका ले पछिल्ला दुई दशक नेपालको राजनीतिक यात्रा जनअपेक्षा अनुसारको सुशासन दिन असफल भएको स्पष्ट देखाएको छ । सर्वहारा वर्गको आशा, भरोसा र सपनाको केन्द्रको रूपमा उदाएका माओवादी लगायत लामो इतिहास र विरासत बोकेर आएका कांग्रेस र एमाले सहितका प्रमुख दलहरूले पालैपालो सत्ता सिंहासनको धित मार्न तालमेलका नाउँमा स्वार्थ पूरा गर्दै आएका कारण घोषणापत्रहरू चुनावी बाचामा मात्र सीमित हुन पुगेका छ्न ।

    भ्रष्टाचार नियन्त्रण जस्ता मुख्य विषयहरू कागजका केही खोस्टाहरूमा मात्र सीमित हुन पुगेको देखिन्छ । राजनीति खिचातानी, उखान टुक्का आन्तरिक गुटबन्दी नेतृत्व को प्रतिस्पर्धा, परिवारवाद, टुटफुट, विभाजन, गाली गलौज अनैतिक जालझेल र फूल, माला, खादा अनि उद्घाटनमै झन्डै झन्डै समय सकिएका छ्न ।

    जनताका सेवक बन्नु पर्ने नेताहरू फाँसीवादी मनोवृत्तिबाट ग्रसित हुन पुगेको देखिन्छ ! भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको नारा, लक्ष्य र गन्तव्य शासकहरूको राज्य दोहनबाट लुटेर पुस्तौँ पुस्तालाई थुपार्ने प्रवृत्तिप्रतिको साझा अस्वीकारोक्ति दरिलो आवाज यूवाहरुका लागि मान्य नभएकै प्रष्ट छ ।

    मानवता हराएको संवेदनशील दृश्यले शासकको क्रूर भावनालाई कुनै प्रभाव पार्न सकेको छैन ! दम्भ, घमन्ड, अहङ्कार र प्रतिशोधको विनाशकारी आगो निभेको छैन, आत्मबोध, आत्मसमिक्षा र आत्म स्वीकारोक्ति गर्ने पक्षमा पुराना दलहरु कदापि देखिँदैन !

    देशमा भएका विकृति र विसङगति लाइ चिर्न भ्रष्टाचारका ठुला–ठुला काण्डहरूका तत्काल छानबिन सुरु गरी दोषीलाई यथाशीघ्र जेल हाल्ने कार्यको शुभारम्भ भै सकेको बेलामा वर्तमान सरकार लाइ नैतिक साहास दिने बेला आइ सकेको छ ! यसैकारण ले प्रधानमन्त्रि बालेन्द्र शाह लाइ नै देश ले खोजेको छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट