Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक


  • आक्रमण न्युज
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित २ साल अघि
  • ६०९ पाठक संख्या
  • आषाढ १, २०८१
    सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ ।
    कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् ।
    बजेटका सात उद्देश्यहरू रहेका छन्ः
    (क) तुलनात्मक लाभका क्षेत्रको पहिचान र विकास गरी प्रदेशको उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिमार्फत आर्थिक वृद्धि गर्नु,
    (ख) तहगत सरकारबिचको सहकार्य एवम् निजी क्षेत्र समेतको सहभागितामा प्रदेशको अर्थतन्त्रको विकास र विस्तार गर्नु ।
    (ग) साधन स्रोतको सन्तुलित र समन्यायिक तवरले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरणमा जोड दिनु,
    (घ) सामाजिक सशक्तीकरण, मूलप्रवाहीकरण तथा वितरणात्मक न्यायमार्फत् सामाजिक न्याय कायम गर्नु ।
    (ङ) शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवामा प्रदेशवासीको समान, सरल र सुलभ पहुँच स्थापित गर्नु,
    (च) दिगो, गुणस्तरीय र वातावरणमैत्री भौतिक पूर्वाधारको विकास गर्नु।
    (छ) प्रदेश सरकारबाट प्रवाह हुने सार्वजनिक सेवालाई प्रभावकारी तुल्याउनु ।
    बजेटका सात प्राथमिकताहरू रहेका छन् स्
    (क) शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, (ख) स्वस्थ, सक्षम र संस्कारयुक्त मानव संशासन विकास,
    (गं) उत्पादनशील र रोजगारमूलक क्षेत्रको विकास,
    (घ) तुलनात्मक लाभ भएका क्षेत्रको पहिचान, विकास र उपयोग,
    (ङ) उपयोगी, लाभदायक र प्रतिफलयुक्त क्षेत्रमा सरकारी लगानी प्रवाह,
    (च) संस्थागत सुशासन कायम र सेवा प्रवाहमा सुधार,
    (छ) कृषि, वन, उद्योग, पर्यटन र सूचना प्रविधिको विकास गरी रोजगारी सिर्जना ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑