आज: २०८३ भाद्र ११, बिहिबार | Thu, 27, Aug, 2026

भोटेकोशी बाढीः हालसम्म २८९ जनाको शव फेला


  • आक्रमण न्युज
  • २०८३ भाद्र ११, बिहिबार मा प्रकाशित ४ घण्टा अघि
  • २३ पाठक संख्या
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २८९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले रसुवामा तीन, नुवाकोटमा १२, धादिङमा २९, गोखरामा २९, चितवनमा १२१, तनहुँमा १६, नवलपरासी पूर्वमा ६५ र नवलपरासी पश्चिममा १४ जनाको शव फेला परेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २५०,  नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।

    हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१, नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कमा छैनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट