
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।



दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।
राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस