
आश्विन शुक्लपक्षमा मनाउने शारदीय नवरात्रको विशेष महिमा रहेको छ । आद्यशक्ति दुर्गा भगवतीको आराधना गरी मनाउने दशैँका हरेक दिन आफूमै विशेष महत्त्वका छन् । नवरात्रमा भगवतीको उपासना गर्नाले अभीष्ट सिद्धि हुने मान्यतामा रहिआएको छ । विशेष विधि विधानपूर्वक दुर्गा भगवतीको आराधना यसअन्तर्गत हुने गर्दछ । यही शारदीय नवरात्रको पिठीकामा नै दशैँका धार्मिक एवं सांस्कृतिक विषयवस्तु आउने गर्दछन् । मूलतः वर्षमा चार नवरात्र भए पनि शारदीय नवरात्रलाई विशेष रूपमा हर्षोल्लासपूर्वक मनाउने हाम्रो मौलिक परम्परा हो । आद्य शक्तिको उपासना यस पर्वको मूल उद्देश्य हो ।


विशेषगरी घटस्थापनादेखि विजयादशमीसम्म दश दिन मनाइने भएकाले यो पर्वलाई दशैँ भनिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दशैँको विधिवत् आरम्भ हुन्छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले यो नवरात्रलाई बोधन भनिन्छ । नवरात्रमा दुर्गा सप्तशती पाठ, देवी भागवतको पाठ, मालश्री गायनलगायतका अनुष्ठान हुने गर्दछन् । आद्य शक्ति भगवतीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन स्वरूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुनुहुन्छ । मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीले स्तुति गर्नुभएकी देवी महाकाली हुनुहुन्छ । जसका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम (कालो) वर्णकी हुनुहुन्छ । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुनुहुन्छ । यस्ती आद्यशक्ति भगवतीका आठ भुजा (हात) छन् ।
ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् । यसरी आद्यस्वरूपमा भगवतीका बारेमा मार्कण्डेय पुराण, श्रीमद्देवीभागवत, स्कन्दपुराण लगायतका ग्रन्थमा वर्णन पाइन्छ । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, वाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गर्नुभएको छ । यसैगरी सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान हुने देवी महालक्ष्मी हुनुहुन्छ । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध महालक्ष्मीकै हातबाट भएको हो । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । यस्ती महाकाली भगवतीका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु (बन्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुनुहुन्छ । यस्ती आद्यशक्ति भगवतीका आठ भुजा (हात) छन् ।
ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् । यसरी आद्यस्वरूपमा भगवतीका बारेमा मार्कण्डेय पुराण, श्रीमद्देवीभागवत, स्कन्दपुराणलगायतका ग्रन्थमा वर्णन पाइन्छ । दशैँमा यिनै त्रिगुणात्मिका शक्तिको उपासना हुने गर्दछ । आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ । यसै दिनबाट नवरात्रको आरम्भ हुन्छ र देवीको विशेष आराधना हुने गर्दछ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म, अर्थ काम र मोक्षको सिद्धि प्राप्त हुने फल वर्णन पाइन्छ । जुन कामना सहित भगवती देवीको उपासना गर्यो सो पूरा हुने कुरा ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ भनी देव्या कवचमा बताइएको छ । आद्य शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको कथा मार्कण्डेय पुराण एवं देवीभागवतमा उल्लेख छ । यसरी देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ ।
महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रह्माको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ । अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय हुनुहुन्छ । किनकि उहाँलाई नै महाकाली महालक्ष्मी र महासरस्वती भनिएको हो भन्ने कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख छ । यस्ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुनुहुन्छ । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नु पर्दछ । पाठ पश्चात् सप्तशतीका मन्त्रले हवन गर्नुपर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।
जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् यस्ता व्यक्तिका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्नेछन् । देवी माहात्म्य सुन्नाले मात्रै पनि सवै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा बताइएको छ (दुर्गा सप्तशती १२।१०) । यसैगरी नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी भगवतीको अराधना हुने गर्दछ । सातौँ दिन कालारात्रि भगवतीको आराधना हुने गर्दछ । यसैले आश्विन शुक्ल षष्ठीमा बिल्वपत्र निमन्त्रण गरी सप्तमी अर्थात् फूलपातीका दिन फूलपात्री भित्र्याउने गरिन्छ । यस दिन नौ प्रकारका पत्र पुष्पादि वस्तु नवपत्रिका घरमा भित्र्याई भगवतीको समीपमा राख्ने विधि विधान रहेको छ ।
जुन भगवतीका प्रिय वस्तु हुन् । यसरी भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, बेसार, मानक, कचु, बेल, अशोक र जमरा पर्दछन् । यसरी नौप्रककारका पत्र, पुष्प भगवतीलाई समर्पण गर्नाले प्रसन्न भई भक्तलाई वरदान दिनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । सरस्वती भगवतीको अह्वान एवं आराधना पनि यस अवसरमा हुने गर्दछ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ । भक्तिभावपूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ । यसैगरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित, सम्पुटित, पाठ, शतरुद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ । आठौँ महाअष्टमीका दिन महागौरी भगवतीको उपासना हुन्छ । यसैगरी दिन भद्रकाली देवीको विशेष पूजा अर्चना हुने गर्दछ । यस दिन सिंहपूजा, भगवती देवीको षडङ्गपूजा, शस्त्र पूजा गरिन्छ । विशेष बलि प्रदानपश्चात् महाअष्टमीको पूजा आराधना समापन हुन्छ ।
महानवमीमा सिद्धिदात्री भगवतीको विशेष पूजा आराधना हुने गर्दछ । यस दिन नव कन्या कुमारीको पूजापश्चात भोजन गराउने चलन पनि रहेको छ । यसैगरी चण्डी एवम् देवीभागवत पाठ समापन गरी हवन पनि यस अवसरमा हुने गर्दछ । भगवतीको टीका, प्रसाद गर्ने, मान्यजनबाट आशीर्वाद लिने विजयादशमीको दिन हो । यस दिन अपराजिता जया विजयाको पूजाका साथै देवीको विसर्जन पनि हुने गर्दछ । यस दिन हर्षोल्लासपूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका, प्रसाद, जमरा ग्रहण गर्ने शास्त्रीय विधान रहेको छ । विजया दशमीको दिनभरि नै शुभ साइत मानिन्छ ।
नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ । भक्तिभावपूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ । यसैगरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित, सम्पुटित, पाठ, शतरुद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ । व्यक्त आद्य स्वरूपा भगवतीका नौ स्वरूप विशेष मानिन्छन् । नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अङ्गभूत छ देवी छन् नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् ।
दुर्गापक्ष पूर्णिमासम्म रहन्छ । कोजाग्रत पूर्णिमा पनि देवीकै स्वरूपको ध्यान हुने गर्दछ । महालक्ष्मीको विशेष आराधना गर्ने यस दिनको महिमा हो । जसले रातमा जाग्रत रही देवको आराधना गर्दछन् त्यस्ता व्यक्तिका घरमा देवीको वास हुने धार्मिक मान्यता पनि रहेको छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन, धान्य, पुत्रपौत्रादि अभिवृद्धि हने फल वर्णन पाइन्छ । खराब सपना देखे, ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नुपर्दछ । विशेष गरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ ।
देवी माहात्म्यको पाठमात्र गर्नाले पनि भूत, प्रेत, पिशाच आदि नष्ट भएर जान्छन् भनिएको छ । दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त हुने कुरा देवी माहात्म्यमा उल्लेख छ । दशैँ अध्यात्म साधनाका निम्ति उत्तम समय हो । आद्यशक्तिको उपासना गरी मनाइने पर्वका आफ्नै महिमा रहेका छन् । शारदीय सुन्दर परिवेश, देवीको दिव्य आराधना अनि मान्यजनको आशीर्वाद दशैँका विशेष विशेषता हुन् । यो पावन अवसरमा आद्यशक्ति भगवतीको अनुकम्पाले हामी सबैमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस, सबैलाइ बडादशैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस