Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

हाम्रो यात्रा डिजिटलमा………………………..


  • आक्रमण न्युज
  • २०८१ बैशाख १, शनिबार मा प्रकाशित २ साल अघि
  • ७७१ पाठक संख्या

  • वैशाख १, २०८१

    नेपाल र नेपाली समाजलाई सत्य ,तथ्य र विश्सिलो सुचना सम्प्रेषण गर्ने अटोटका साथ नेपालको मध्ये एवम् पुण्य भुमि चितवनमा वि.स.२०६५ भाद्र १३ गते स्थापित आम सञ्चार जगतको चम्किलो तारा झै उदयमान रहेको आक्रमण साप्ताहिक पत्रीकाको सिङ्गो टिमबाट नै आजको दिनबाट आक्रमण न्युज डट कमको शुरुवात गरेका छौ ।

    पत्रकारीता क्षेत्रले आम जनताको चासो र गुनासाहरुलाई जहिले पनि पहिलो प्रथामिकतामा राख्नु पर्दछ भन्ने कुरामा हर हमेसा लागि पर्ने हाम्रो यात्रा छापा माध्यम हुँदै डिजिटल तर्फ अगाडि बढिरहेको छ ।

    आम जनतालाई सुसूचित गर्ने र समाज तथा राज्यका विसंगति र वेथिति विरुद्ध सधैं चटान झै खडाहुने हाम्रो अभियान हिजोका दिनमा छापा सञ्चारका रुपमा थियो । दिन प्रतिदिन विश्व जगत आम सञ्चारको सानो घेरामा पुगिरहँदा छापा सञ्चारमा मात्रै कायम रहिरहन हामिले सकेनौ । आम सञ्चारलाई स्थापित गर्न, समाज र समाज भित्रका विविध पाटाहरुलाई सेकेन्ड भरमा विश्व छाउने डिजिटल सञ्चार जगतमा आउनुपर्ने वर्तमान आवश्यकतालाई बुझेर हामी आजकै मितिबाट आम सञ्चार जगतको डिजिटल क्षेत्रमा प्रवेश गरेका छौं ।

    हिजोका दिनमा हाम्रा सामाग्रीहरुमा हाम्रा प्रिय पाठकबृद्ध,विज्ञापन दाता र सञ्चार जगत संग निकटतम रहने हाम्रा शुभचिन्तकहरु प्रति हामी कृतज्ञ छौ ।

    सञ्चार जगतमा डिजिटल क्षेत्रमा प्रवेश गर्दाका आम चुनौतिहरु छदैछन तर पनि जनतालाई सुसूचित गर्ने र सधै सत्य ,तथ्य र विस्वासिलो सुचना सम्प्रेषण गर्ने हाम्रो अटोटलाई सारा नेपाली सञ्चार जगतमा स्थापित गराउन आज नयाँ वर्षको पहिलो दिनबाटै सञ्चार जगतमा एउटा पाइला अगाडि बढिरहेको हाम्रो यात्रामा जोडिनुहुने सम्पुर्ण पाठकबृद्ध,विज्ञापन दाता, शुभचिन्तक र शुभेच्छुकहरुको सधैं सकरानत्मक उर्जा प्राप्तहुने विस्वास सहित सवैप्रति नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑