Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १०, बिहिबार | Thu, 26, Nov, 2026

आजको मौसमः देशैभरी न्यानाे घाम लाग्ने, दिन घमाइलाे हुने


  • आक्रमण न्युज
  • २०८३ मंसिर १०, बिहिबार मा प्रकाशित १४ घण्टा अघि
  • ५० पाठक संख्या
  • काठमाडौं, १० मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन।

    नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

    दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

    आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई पछिल्ला मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑