Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

सातदोबाटोमा हुने पौडी प्रतियोगितामा ३ सय ५१ जना खेलाडीले ६५ वटा विधामा प्रतिस्पर्धा गर्ने


  • आक्रमण न्युज
  • २०८१ अषाढ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • २८९ पाठक संख्या
  • काठमाण्डौ असार २०, – ‘विश्व अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी सङ्घले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपको तयारी पूरा भएको छ ।

    सङ्घका सचिव गङ्गालाल गोलेका अनुसार ३ सय ५१ जना खेलाडीले विभिन्न ६५ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता हुनेछ ।

    विभिन्न उमेर समूह र खुला गरी ६५ वटा विधामा खेलाइने प्रतियोगितामा सबै भन्दा कम उमेरका ८ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडीको पनि सहभागिता रहने छ । खेलाडीहरूको सहजताका लागि सङ्घले डिजिटल रजिस्ट्रेशनको व्यवस्था गरेको थियो ।

    सङ्घको गएको वैशाख ८ गते सम्पन्न अधिवेशनपछि नयाँ कार्यसमितिले आयोजना गर्न लागेको प्रथम प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले पौडी खेलको विकास र विस्तारमा आफूहरूलाई थप जिम्मेवार बनाएको छ सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑