आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

कृषि मन्त्रालयका कर्मचारी आज पनि धर्नामा


  • आक्रमण न्युज
  • २०८१ अषाढ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५२२ पाठक संख्या
  • काठमाण्डौ असार २०, –

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । आज पनि अधिकृतस्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

    २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि सङ्घमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा आयोगमार्फत विज्ञापन नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ ।

    कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताउनुभयो । अदालतको परमादेश कार्यान्वयन नभएपछि मानहानीको मुद्दामा अदालत गएको पनि उहाँको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट