आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नारायणगढ–मुग्लिन सडकमा लेदो सहितको पहिरोले दुई वटा बस बगायो, ढुङ्गा लाग्दा अर्को बसका चालकको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६१३ पाठक संख्या
  • काठमाण्डौ असार २८, –

    नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

    उहाँकाअनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवकाअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

    यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले उज्यालोलाई दिनुभएको जानकारीअनुसार बिहान तीन बजे पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको निधन भएको हो ।

    बुटवलबाट काठमाण्डौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट