Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

मौद्रिक नीति आज नआउने


  • आक्रमण न्युज
  • २०८१ श्रावण ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३२३ पाठक संख्या
  • काठमाण्डौ साउन ४ –

    चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।

    केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले परिस्थिति पनि केही परिवर्तन भएकाले मौद्रिक नीतिको तयारी नपुगेको बुझिएको छ ।

    स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा डा।युबराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उहाँले पनि चासो राखेको र बिफ्रिङ गर्नुपर्ने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति अर्को हप्तालाई सारिएको हो ।

    गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री बिष्णु पौडेललाई मौद्रिक नीतिबारे यसअघि नै जानकारी गराइसक्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑