आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

प्रचण्डप्रति आक्रामक हुदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने


  • आक्रमण न्युज
  • २०८१ भाद्र १५, शनिबार मा प्रकाशित १ साल अघि
  • ४७९ पाठक संख्या
  • भाद्र १५, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन् ।
    शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताएका छन् ।
    प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन् । उनले भने- प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने रु मैले लुटपाट गरेको छ र खुट्टा कमाउने रु मैले त डराउनुपर्नै केही छैन् ।
    उनले प्रचण्डले श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भनेको उल्लेख गर्दै भने -म भन्न चाहन्छु राम्ररी सिक । बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने नेपाल कुनै देशको फोटोकपी मेसिन होईन । यहाँ आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेको हो । म त्यो हैसियत राख्छु । यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो । जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा ।’
    सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट