Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

बाँकेको ढकेरीमा बजार अनुगमन तिव्र ः २० हजार मूल्यको सामान नष्ट


  • आक्रमण न्युज
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६५० पाठक संख्या
  • वैशाख  ६, २०८१

    बाँके ।  बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी राजमार्ग आसपासमा रहेका ३ वटा होटल तथा सप्लायर्सलाई जरिवाना गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय बाकेको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा राप्ती सोनारी ९ ढकेरी राजमार्ग आसपासमा रहेका ८ वटा होटल तथा सप्लायर्सहरुको स्थलगत अनुगमनको गरिएकोमा ३ वटा होटल तथा सप्लायर्सलाई जरिवाना गरिएको हो।

    ढकेरी पानस कटज तथा जनरेल स्टोरमा अवैध सुर्ती र पेय पदार्थ गरी रु १५,०००र( मूल्य बराबरको सामान जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    यस्तै सिर्जना रेस्टुरेन्ट एण्ड लज र रोयल रेस्टुरेन्ट एण्ड होटलमा रहेको उपभोग मिति नाघेको पेय पदार्थ र अवैध पदार्थ गरी रु ४ हजार मूल्य बराबरको सामान जफत गरी नष्ट गरिएको छ ।

    अन्य ५ वटा होटलहरुमा समेत अनुगमन गरि समग्रतामा सवै होटललाई सरसफाई, चिस्यानयुक्त भण्डारणको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑