Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

नेपाल पत्रकार महासंघ चितवन शाखाको पदभार ग्रहण


  • आक्रमण न्युज
  • २०८१ पौष ८, सोमबार मा प्रकाशित १ साल अघि
  • ३८७ पाठक संख्या
  • पौष ८, २०८१

    चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको नवनिर्वाचित कार्यसमितिले सोमबार एक भव्य कार्यक्रमका बीच पदभार ग्रहण गरेको छ। निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएर जिम्मेवारी हस्तान्तरण गरेको हो।

    कार्यक्रमका दौरान निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष वसन्तराज पराजुलीलाई अध्यक्षको आसनग्रहण गराउँदै औपचारिक रुपमा पद हस्तान्तरण गरे। त्यस्तै, निवर्तमान सचिव दीपेन्द्र अधिकारीले नवनिर्वाचित सचिव राजेश घिमिरेलाई महासंघका माइन्युटहरु हस्तान्तरण गरेका थिए।

    नव निर्वाचित अध्यक्षको प्रतिबद्धता
    नवनिर्वाचित अध्यक्ष वसन्तराज पराजुलीले पत्रकारहरुको हक, अधिकार र पत्रकारिताको स्तरोन्नतिका लागि समर्पित रहने प्रतिज्ञा व्यक्त गरे। उनले नयाँ पुस्ताका पत्रकारदेखि अग्रज पत्रकारहरुसम्म सबैलाई साथ र सहयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे। पराजुलीले चितवनमा पत्रकारितालाई थप व्यावसायिक र मर्यादित बनाउने लक्ष्यमा काम गर्ने योजना समेत सार्वजनिक गरे।

    कार्यक्रममा शुभकामना
    पदस्थापन कार्यक्रममा महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, नेपाल प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए। उनीहरुले पत्रकारहरुको हक, अधिकार र सम्मानको रक्षा गर्न महासंघले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए।

    उपविजेताको प्रतिबद्धता
    निवर्तमान उपाध्यक्ष तथा निर्वाचनमा उपविजेता प्रकाशमणि ज्ञवालीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै आफु पत्रकार र अन्य संगठनसँग सहकार्य गर्न तयार रहेको बताए।

    कार्यक्रमका क्रममा नवनिर्वाचित केन्द्रीय परिषद र प्रदेश परिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
    नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ।

    नवीन नेतृत्वसँग अपेक्षा

    चितवनमा पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउने आशा सहित नवनिर्वाचित नेतृत्वले आफ्नो यात्रा आरम्भ गरेको छ। पत्रकारिता क्षेत्रका चुनौतीहरुलाई समाधान गर्दै स्थानीय पत्रकारितालाई राष्ट्रिय स्तरसम्म पुर्याउने अपेक्षा गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑