Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

तामाङ पत्रकार संंघको भित्तेपात्रो विमोचन


  • आक्रमण न्युज
  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६३५ पाठक संख्या
  • वैशाख ७, २०८१

    चितवन । तामाङ पत्रकार संघ चितवनले नयाँ वर्ष २०८१ सालको अबसरमा प्रकाशनमा ल्याएको भित्ते पात्रोको बिमोचन साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न छ ।

    तामाङ पत्रकार संघका अध्यक्ष वविलाल तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा नयाँ बर्षमा सधैं जस्तो यसपाली पनि निरन्तर कार्य गरेको जानकारी दिनु भयो ।

    उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका राप्ती नगर पालिकाका उप–प्रमुख देवेन्द्र लामाले तामाङहरुले गर्ने कार्य स्मार्ट हुने खालको बताउनु भयो । कार्यक्रमको शुभकामना व्यक्त गर्दै तामाङहरुले गर्ने सम्पुर्ण कार्यक्रमहरुमा आफ्नो साथ सहयोग समेत रहने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

    उक्त कार्यक्रममा संघको लागि कलम चलाउँदै आईरहेका पत्रकार शुरेस तामाङलाई सम्मान समेत गरिएको थियो ।
    कार्यक्रमका विशिष्ठ अतिथीहरु पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, सुचना पुनरावेदन वाग्मती प्रदेशका अध्यक्ष हरि अधिकारी र तामाङ पत्रकार संघका कानुनी सल्लाहकार अजय लामा लगायतले कार्यक्रमको विमोचनमा सहभागी हँदै शुभकाना व्यक्त गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑