Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

भरतपुर महानगरद्वारा “भरतपुर भ्रमण वर्ष २०२४” उत्सवको भव्य तयारी


  • आक्रमण न्युज
  • २०८१ पौष १५, सोमबार मा प्रकाशित १ साल अघि
  • ४२४ पाठक संख्या
  • पौष १५, २०८१

    चितवन । भरतपुर महानगरपालिकाले नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँगको सहकार्यमा “घुमौँ भरतपुर” अभियानलाई थप प्रवर्धन गर्दै सन् २०२४ को अन्त्यमा भरतपुर भ्रमण वर्ष वार्षिक उत्सव मनाउने तयारी गरेको छ। भरतपुर-२७, मेघौलीमा आयोजना गरिने यो विशेष कार्यक्रमको समुद्‍घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले गर्नेछन्। २०८१ पौष १६ (३१ डिसेम्बर २०२४) बिहान ११:०० बजे तेलौली चोक बाट
    विविध झाँकीसहितको र्‍याली त्यहाँबाट सुरु हुनेछ र समुद्‍घाटन समारोह दिउँसो १२:३० बजे हुनेछ ।

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लाई भरतपुर र आसपासका पर्यटकीय गन्तव्यहरूको प्रचार-प्रसार गर्ने ऐतिहासिक अवसरको रूपमा लिएको बताएकी छन्। “यो कार्यक्रमले भरतपुरलाई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भनिन्।

    कार्यक्रममा पर्यटक, स्थानीय बासिन्दा, व्यवसायिक संघ-संस्था, र राजनीतिक नेतृत्वको सहभागिता रहने अपेक्षा गरिएको छ।
    “घुमौँ भरतपुर” अभियानले स्थानीय संस्कार-संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्दै पर्यटनमा नयाँ आयाम थप्नेछ,” कार्यक्रम आयोजकले बताए। साथै सो अवसरमा

    सम्पूर्ण नागरिकलाई कार्यक्रममा सहभागी भई यस अभियानलाई सफल बनाउन हार्दिक निमन्त्रणा !

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑