आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

प्रेस चौतारीमा घिमिरे, अनेरास्ववियुमा लामा निर्वाचित


  • आक्रमण न्युज
  • २०८१ माघ २०, आईतबार मा प्रकाशित १ साल अघि
  • २४९ पाठक संख्या
  • माघ २०, २०८१
    रसुवा । नेकपा (एमाले) सम्बद्ध विद्यार्थी, पत्रकार तथा कर्मचारी सङ्घ, सङ्गठनको सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
    प्रेस चौतारी नेपाल रसुवाको चौथो जिल्ला अधिवेशनबाट बलराम घिमिरेको अध्यक्षतामा नौ सदस्ययीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा विजया तिवारी, सचिव सरस्वती न्यौपाने, सहसचिव मञ्जु तामाङ र कोषाध्यक्षमा गङगाकुमारी मिजार निर्वाचित हुनुभएको छ ।
    यसैगरी सदस्यमा सुस्मा न्यौपाने, सोममाया तामाङ, राकेश लामा र सुर्यबहादुर थोक्रा चयन हुनुभएको प्रेस चौतारी रसुवाका संस्थापक अध्यक्ष होमनाथ खतिवडाले जानकारी दिनुभयो । सङ्घीय प्रतिनिधिमा दीपक लामा र गङ्गाकुमारी मिजार तथा प्रदेश प्रतिनिधिमा विजया तिवारी र मञ्जु तामाङलाई चयन गरिएको छ ।
    यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला सम्मेलनले सागर लामाको अध्यक्षतामा २१ सदस्ययीय कार्यसमिति चयन गरेको छ ।
    त्यस्तै नेपाल निजामति कर्मचारी सङ्गठन, रसुवाको अध्यक्षमा गोसाईकुण्ड गाउँपालिकाका लेखाअधिकृत कैसाङ धिण्डुप तामाङ पुनःनिर्वाचित हुनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट