आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

फर्पिङ दुर्घटना अपडेटः ३९ घाइतेलाई अस्पताल लगियो


  • आक्रमण न्युज
  • २०८१ माघ २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ४५० पाठक संख्या
  • माघ २७, २०८१
    काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ ।
    विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
    उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उहाँले बताउनुभयो । अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    बा १ क ५६६४ नंको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट