Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

सौराहा फुड फेस्टिवलको अन्तिम दिन : सांगीतिक माहोल र खेलकुद प्रतिस्पर्धासँग समापन


  • आक्रमण न्युज
  • २०८१ फागुन ३, शनिबार मा प्रकाशित १ साल अघि
  • ४५२ पाठक संख्या
  • चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आयोजित १९औं संस्करणको सौराहा फुड फेस्टिवल आज समापन हुँदैछ। रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान), सौराहा को आयोजनामा प्रणय दिवसलाई लक्षित गर्दै फागुन ३ गतेसम्म यो महोत्सव संचालन गरिएको थियो ।

    महोत्सवको सांस्कृतिक कार्यक्रममा गायिका एलिना चौहान, शान्तिरानी परियार, रेशम निर्दोश, र सुनिल पण्डित लगायतका चर्चित कलाकारहरूले आफ्ना दमदार प्रस्तुति दिनेछन्। आयोजकका अनुसार, यी प्रस्तुतीहरूले सौराहाको माहोल झनै रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
    साथै फेस्टिवल अन्तर्गत आयोजित रेवान कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३ बजे सुरु हुँदैछ। उपाधिका लागि रत्नप्रिय क्लब र अभिषेक चर्ज रजहर बीच प्रतिस्पर्धा हुनेछ। यसअघि नै वेटर रेस र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भइसकेको छ।
    महोत्सव अवधिभर सौराहामा उल्लेखनीय व्यापार भएको छ। प्रणय दिवसको दिन मात्र ५५ लाख रुपैयाँको कारोबार भएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो। समग्रमा, फेस्टिवल अवधिभर ३ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ।
    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस फेस्टिवललाई रत्ननगर नगरपालिका ले संरक्षकता दिएको छ। सहआयोजकका रूपमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा, र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन्। आयोजकका अनुसार, यस कार्यक्रमका लागी ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हरेक वर्ष प्रणय दिवसको अवसर पारेर आयोजना गरिने सौराहा फुड फेस्टिवलले यस पटक पनि पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको छ। सांस्कृतिक, खेलकुद र व्यापारिक हिसाबले सम्पन्न यो फेस्टिवलले चितवनको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑