Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

जस र अपजसको घेरामा राजावादी र गणतन्त्रवादी


  • आक्रमण न्युज
  • २०८१ फागुन २९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४६५ पाठक संख्या
  • पोखराबाट चार्टर्ड विमानमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा र्‍याली निकालेका थिए । पूर्व निर्धारित आमसभा स्थगित गरेर राप्रपाले राजाको स्वागत र्‍यालीमा शक्ति देखाउने प्रयास गरेको थियो । पूर्वराजाको स्वागतमा निकालिएको र्‍यालीमा हजारौं नागरिक सहभागी भए । भीड देखेर उत्साहित राप्रपाका सांसदहरूले संसद्‌मा गणतन्त्रवादी दलहरूप्रति छेडखानी गरिरहेका छन् ।

    जवाफमा गणतन्त्रवादी दलहरूले पनि राजा फर्किने सपना नदेख्न चेतावनी दिइरहे । राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधरबीच विगतमा पनि यदाकदा छेडखानी हुन्थे । तर पूर्वराजा शाहको ७ फागुनको अभिव्यक्ति र उनको स्वागतमा काठमाडौंमा निकालिएको र्‍यालीपछि संसद्‌मा घोचपेच बढेको छ ।

    पूर्वराजाको स्वागतमा निकालिएको र्‍यालीमा हजारौं नागरिक सहभागी भए । भीड देखेर उत्साहित राप्रपाका सांसदहरूले संसद्‌मा गणतन्त्रवादी दलप्रति छेडखानी गरिरहे । १० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो । २८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । त्यसयता पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन् । राजतन्त्र अन्त्य गरेर पनि स–सम्मान पूर्वराजालाई निर्मल निवासमा बस्न दिएको ख्याल गर्न राजावादीलाई गणतन्त्र पक्षधर दलका सांसदहरूको चेतावनी छ । ‘केही दिन अगाडि राजतन्त्रवादीहरूले सडक प्रदर्शन गरे ।

    नेताहरूका अनुसार २५ फागुनको शक्ति प्रदर्शनपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंहरू जस लिने होडमा छन् । तर, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमनलाई बल पुर्‍याउने व्यवहारको जिम्मा लिन तयार छैनन् ।

    सत्तापक्ष र प्रतिपक्षमा रहेका गणतन्त्रवादी दलहरू राजतन्त्रको विरोधमा एकै ठाउँ उभिएर प्रतिवाद गरिरहेका छन् । तर प्रतिगमनलाई बल पुर्‍याउने व्यवहार आफ्नो दल वा आफूहरूले नगरेको र अर्को दलले गरेको भनेर अपजस लिनबाट पन्छिने प्रयासमा पनि छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑