Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

आर्थिक मन्दीको असर शिक्षा क्षेत्रमा पनि


  • आक्रमण न्युज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ९३० पाठक संख्या
  • वैशाख ११, २०८१/ होमनाथ न्यौपाने

    भरतपुर। कोभिड पछि विभिन्न क्षेत्रमा देखिएको आर्थिक मन्दीको असर पछिल्लो समय शिक्षा क्षेत्रमा पनि देखा पर्न थालेको छ । आर्थिक समस्याका कारण देखाउँदै संस्थागत विद्यालयमा पढाउँदै आएका अभिभावकहरुले आफ्ना वावु नानिलार्इ सामुदायिक विद्यालयमा भर्ना गर्न लैजाने क्रम बढेसँगै आर्थिक मन्दीको असर प्रत्यक्षरुपमा शिक्षा क्षेत्रमा परेको महसुस गरिएको संस्थागत विद्यालय सञ्चालकको छ।

    सामुदायिक विद्यालयमा पढाउन मन नहुँदा नहुँदै पनि आर्थिक मन्दीको कारण संस्थागत विद्यालयवाट सामुदायिक विद्यालयमा सार्न वाध्य भएको अभिभावकहरुको गुनासो छ। पछिल्लो समय बजारका व्यापारिक सटरहरु खालि छन्। सञ्चालनमा रहेका सटरहरुमा पनि व्यवसाय छैन। निर्माण कार्य ठप्प छ। निमार्ण कार्य ठप्प हुँदा मजदुर, हार्डवेयर व्यवसायि, रड सिमेन्ट उद्योग, क्रसर उद्योगसँग सम्वन्धित क्षेत्र सवै धरासायी भएको जानकारहरुको मत छ।

    रोजगारी गुमाए पछि अभिभावकहरुले वाध्य भएर आफ्ना वावु नानिलार्इ सामुदायिक विद्यालयमा भर्ना गर्नु परेको समाज शास्त्रि सुर्य घिमिरे वताउनु हुन्छ। अधिकांश संस्थागत विद्यालयहरुको विद्यार्थी घट्दो दरमा रहेको छ। राज्यले आर्थिक मन्दीलार्इ उकास्न विशेष आर्थिक प्याकेज नल्याउने हो भने समाजमा ठूलो विचलन आउने समाज शास्त्रि घिमिरे वताउनु हुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑