Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

जिप र मोटरसाइकल ठोक्किंदा झापामा तीन जनाको ज्यान गयो


  • आक्रमण न्युज
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ४३७ पाठक संख्या
  • वैशाख १२ चितवन – झापाको शिवसताक्षी–८ झिलझिलेमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आज बिहान साढे ५ बजे पूर्वपश्चिम राजमार्गको झिलझिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको जिप ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाइकलमा रहेका तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑