Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

किन घट्दै छन कलेजहरुमा विद्यार्थी


  • आक्रमण न्युज
  • २०८२ बैशाख ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ७३८ पाठक संख्या
  • होमनाथ न्यौपाने
    भरतपुर।हजारौँ विद्यार्थीको चहलपहल हुने क्याम्पसहरू पछिल्ला वर्ष सुनसान छन् । विध्यार्थी को चाप कम भएपछि कतिपय सकायका विषय त वन्द नै भै fसकेका छन्। कुनै समय विध्यार्थीको आकर्षण को केन्द्र मा परेका विषय राजनीति शास्त्र, भुगोल, ग्रामीण विकास जस्ता द्वन्द्व व्यवस्थापन जस्ता विषय अहिले पढाई हुदैनन। देशमा रोजगारीको सम्भावना नहुँनु, विषयह समय सापेक्ष नहुनु ले विध्यार्थी को आकर्षण घटेको छ भनें अर्को तर्फ विश्व विद्यालय र कलेज मा विध्यार्थी संगठन को राजनीतिक क्रिडा स्थल वन्नु केही कारण हुन्।
    यसका अतिरिक्त विश्वविद्यालयको पाठ्यक्रम,परीक्षा प्रणाली , नतिजा प्रकाशनमा ढिलाई सतहि र आन्तरिक कारण हुन भने वाह्य तथा अन्तर्राष्ट्रिय कारण पनि प्रमुख छन्।
    नवउदारवादि निति
    शिक्षामा उदारवादी निति अवलम्बन गरेसँगै सकारात्मक र नकारात्मक असर देखा पर्न थाले। नियमनमा फितलो हुंदा शैक्षिक क्षेत्र अस्तवयस्त हुन थाल्यो। नवउदारवादी नितिले नीति नियम मान्नु नपर्ने, व्यक्तिको नाफा र हितको रक्षाको लागि राज्यलाई उपयोग गर्ने सिद्धान्तलाई पृष्ठ पोषण गर्ने हुँदा राज्यको शैक्षिक क्षेत्र तहसनहस हुन थाल्यो। राज्य नवउदावादको नाममा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत दायित्वबाट पन्छिने, स्वतन्त्र बजारको लागि जे पनि हुन्छ भन्ने मान्यता राज्यले अगाल्यो फलत देशको शिक्षा प्रणालीआजको अवस्थामा पुग्यो। शिक्षामा व्यापार गर्न पाउनुपर्छ र यसलाई राज्यको हातबाट पर राख्नुपर्छ भन्ने मान्यता स्थापित हुँदै गयो । शिक्षालाई मानिसको बौद्धिक क्षमता विकास गर्ने माध्यमको रूपमा भन्दा नाफा कमाउने कबजको रूपमा विकास गरियो ।
    पहिलो र दोस्रो विश्वयुद्धले विष्वमा आर्थिक संकट उत्पन्न गर्यो । यसको विकल्पमा समाजवादी व्यवस्था देखापयो । शिक्षालाई राज्यको दायित्व मानियो । शिक्षा निःशुल्क, अनिवार्य र सबैको पहुँचमा पुग्यो । समाजवादको सफलताको विरोधमा र पुँजीवादको प्राण जोगाउन मिश्रित अर्थ व्यवस्थाको सिद्धान्त देखापयो ।
    नेपालमा वि.सं. २०४६ सालपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा उदारवाद भित्रियो। नेपाली कांग्रेसका तत्कालिन नेता रामशरण महतलाई यसको श्रेय तथा दोश जान्छ।  यस नीतिले शिक्षामा लगानी कटौती गयो । सरकारी विद्यालयमा लगानी घटाइएको र दायित्व निजि क्षेत्रलसइ पनि दिइयो। २०४६ पछि एउटै पनि त्रिविको आङ्गिक क्याम्पस र सरकारी मेडिकल कलेज स्थापना हुनसकेको छैन । निजी विद्यालयको स्थापना, विदेशी विश्वविद्यालयबाट मान्यता प्राप्त कलेज र विद्यालयको स्थापना, त्रिविमा विश्व बैङ्कको लगानीले विदेशी शिक्षा नीति लाइ प्रसय दियो। विश्वविद्यालयको गुणस्तर उठाउने नाममा सेमेस्टर प्रणालीको सुरुआतसँगै लाखौँ विद्यार्थी विश्वविद्यालय प्रवेश गर्न वन्चित भए । आर्थिक स्तर कमजोर भएका हजारौँ विद्यार्थी शिक्षाको पहुँचबाट बञ्चित हुन पुगेका छन।
    २. विष्व वय्य्पिकरण
    विश्ववयापिकरणका कारण नेपालको शिक्षामा विदेशीको नजर पर्यो। अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने नाउँमा पाठ्यक्रम देखि पाठ्यपुस्तक सम्ममा विदेशिको पहुँच पुग्यो।जसले विस्तारै नेपालि पन मर्दै गयो।व्यापारमा बहुराष्ट्रिय कम्पनीको एकाधिकार हुनुपर्ने मान्यताअनुरूप शिक्षा पनि व्यापारको क्षेत्र हो । यसकारण विदेशी लगानी पनि शिक्षा क्षेत्र मा भित्रियो । अन्तर्राष्ट्रिय स्तरमा कामदार र नोकर पठाउन सकिने युवाको उत्पादनमा आधारित शिक्षाको स्थापना गर्नु, आफ्नो माटो र देशमा आवश्यक जनशक्तिभन्दा पनि विदेशका लागि सस्तो ज्यामी उत्पादन गर्ने शिक्षा व्यवस्था लागू गर्नु विष्ववयापिकरणको मूलभूत सार हो । यसै अनुरुप नेपालि शिक्षा लागु गरियो।
    ४. शिक्षा मा लगानीमा कटौती
    शिक्षालाई निजीकरण गरिसकेपछि सरकारी लगानी र दायित्व घट्यो ।लगानि र अनुगमन सरकारले गर्नु पर्ने मा समुदायलाइ दिइयो। शिक्षा को गुणस्तर घट्यो। विध्यार्थी को आकर्षण घट्यो। त्यसको असर समग्र शिक्षा क्षेत्र मा पर्यो।
    ५. शिक्षा मा विदेशीको चासो
    नेपालको शिक्षामा विदेशी प्रभाव ले गहिरो जरा गाड्यो। शिक्षा छेत्र तहसनहस भयो।  विद्यालयको छानो बनाउनेदेखि शिक्षकको तालिमसम्म र कक्षा कोठाको व्यवस्थापनदेखि पाठ्यक्रमको निर्माणसम्म जाइका, डेनिडा, युरोपियन युनियन,यूएसजस्ता संस्थाले गर्छन् । नेपालका केही क्याम्पसको भवन निर्माण भारतीय दूतावासले गर्छ भने क्याम्पसलाई स्वायत्त बनाउनुपर्ने सर्त एसियाली विकास बैङ्कले राखेको थियो । यस्ता हर्कत ले शिक्षा तहसनहस हुन पुग्यो।
    १. प्रवीणता प्रमाणपत्र तह खारेजी
    प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि उच्च माविको सम्पूर्ण ठेक्का निजी क्षेत्रलाई दिइयो।गरिव विध्यार्थी को पहच भन्दा टाढा पुग्यो।निजि क्षेत्रमा शुल्क उच्च भयो।गरिव विध्यार्थी शिक्षाको पहुँच वाट टाढा हुन पुगे। शिक्षामा चर्को शुल्क वृद्धि भएको थियो । बर्सेनि शुल्क बढिरहेको छ । सहज र सर्वसुलभ शिक्षाबाट बञ्चित विद्यार्थीले लाखौँ खर्चेर उच्च शिक्षा पढ्नुपर्ने बाध्यता छ । यसले हजारौँ विद्यार्थी शिक्षाबाट बञ्चित भइरहेका छन् ।
    समग्रमा अहिले शिक्षा क्षेत्रमा निम्न समस्या छन्
    , देशमा रोजगारीको समस्या
    अत्यधिक महडगो शिक्षा प्रणाली
    वैदेशिक अध्ययन मा सजिलै पहुच हुनु।

    . विश्वविद्यालयमा अनियमितता
    . समय अनुकुल पाठ्यक्रम परिमार्जन नहुनु
    , व्यवहारिक भन्दा सैदान्तिक शिक्षा प्रणाली हुनु।
    . विद्यार्थीको आर्थिक शोषण
    . शिक्षामा राज्यको कमजोर उपस्थिति
    . परनिर्भर र पराधीन शिक्षा, विदेशी कामदार
    उत्पादनमा सीमित
    . शिक्षा, स्वास्थ्य शिक्षा, अनुसन्धान क्षेत्रमा लगानी
    , वैदेशिक लगानीमा आधारित शिक्षा
    , राज्यको अदुरदर्शि शिक्षा निति
    , शिक्षा मा राजनितिक प्रभाव।

    विरेन्द्र बहुमुखी क्याम्पस राजधानी वाहिर उत्कृष्ट कलेजको रुपमा विकसित भैसकेको छ।

    देशका विभिन्न क्याम्पस मा विध्यार्थी सख्या घट्दै गइरहेको बेला चितवनको भरतपुर मा अवस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा विध्यार्थी को चाप वर्षेनी बढ्दै गएको छ। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस को रुपमा सन्चालित वीरेन्द्र बहुमुखी क्याम्पसमा केही वर्ष यताविद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ। विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी थिए ।हाल विध्यार्थी संख्या सात हजारमाथि पुगेको छ।

    क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो। क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ। स्नातकमा व्यवस्थापनतर्फ बिबिए र बिबिएसको पढाइ हुन्छ । विज्ञानतर्फ बिएस्सी, बिएस्सी सिएसआइटी, बिआइटी, बिएस्सी जुओलजी र माइक्रोबायोलोजी सन्चालनमा छन्। शिक्षाशाश्त तर्फ बिएस र बिआइसिटीई विषयको पढाइ हुने गर्दछ।

    स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबिएस, मानविकीतर्फ नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसंख्या शिक्षाको पढाइ हुँदै आएको छ।

    यसै वर्षदेखि एमसिए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ। क्याम्पसमा नयाँ विषयको पढाइ थालेपछि विध्यार्थी को पहिलो रोजाइ बनेको हो। शुल्क कम र गुणस्तरीय पढाइ हुने भएकाले पनि विध्यार्थी को पहिलो रोजाइ वनेको छ।

    अन्तरवार्ता
    प्रा डा दयाराम पौडेल
    क्याम्पस प्रमुख विरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवन
    १ सर आरामै हुनुहुन्छ
    आराम नै छु। नियमित कार्य तालिका अनुसार दैनिकि चलिरहेको छ।
    २) देशभर अधिकांस कलेजमा विध्यार्थी अभाव छ। कतिपय क्याम्पस त वन्द हुने अवस्थामा पुगेका छन् तर राजधानी शहर वाहिर भएर पनि विरेन्द्र बहुमुखी क्याम्पसमा विध्यार्थी को चाप थेगि नसक्नु छ,यो कसरी सम्भव भयो सर।
    सर्वप्रथम व्यक्ति,घरदेखि देश सम्म चल्न कुशल व्यवस्थापनको मुख्य जिम्मेवारी हुन्छ।
    कुशल व्यवस्थापनमा मात्रै कुनै सस्थाको भविष्य सफल हुन्छ। शैक्षिक संस्थाको अर्को पाटो गुणस्तर पनि हो । व्यवस्थापन र गुणस्तरलाई हामिले कलेजलाइ सफलताको कडिको आत्मसात गर्यौ। सवै भन्दा महत्वपूर्ण कुरो सकारात्मक सोचको विकास गर्यो। विरेन्द्र बहुमुखी क्याम्पस सग सम्वन्धित सरोकार वाला सवै लाइ यो हाम्रो क्याम्पस हो हामि ले नै गर्नु पर्छ। अर्को पक्ष भनेको हाम्रो क्याम्पसमा समय अनुकुलका विषयहरू पढाई हुन्छ। वर्तमान विश्व वजर मा खपत हुने विषयहरू पढाई हुनाले पनि विध्यार्थी सख्या थपिदै गएको हो। त्रि बि को आंगिक क्याम्पस भएकोले शुल्क सस्तो पनि छ। सँगसगै
    क्याम्पस सग हामि सवैको भविष्य जोडिएको छ भन्ने भावना विकास गर्यौ त्यसको परिणाम नै राजधानी वाहिर उत्कृष्ट कलेज को रुपमा स्थापीत हुन सफल भएका हौ।
    ३)सात हजार भन्दा बढी विध्यार्थी र २५० वढि प्राध्यापक तथा कर्मचारी को व्यवस्थापन पक्षलाई कसरि व्यवस्थित वनाउनु भएको छ।
    सान्दर्भिक प्रश्न गर्नुभयो भयो। पक्कै पनि सात हजार भन्दा बढि विध्यार्थी र २५० भन्दा बढी शिक्ष ण सहायक तथा प्राध्यापकहरूको व्यवस्थापन चुनौती पूर्ण देखिन्छ तर हामीले यसलाई सजिलै अव्वल रुपमा व्यवस्थापन गरेका छौं। सहायक क्याम्पस प्रमुख, विभागिय प्रमुख विषय गत कोअर्डिनेटर नियुक्त गरिएको छ।पुणकालिन कार्यरत् हुनुहुन्छ यति कि बिदा तथा अन्य समयमा पनि कलेज मा आइ व्यवस्थापन मा सक्रिय हुनुहुन्छ। समग्र टिम वर्क को कारणले व्यवस्थापन सवल छ।
    ४) शैक्षिक गुणस्तर चाहिँ कस्तो छ ।
    पक्कैपनि विध्यार्थी को आकर्षणले गुणस्तर लाइ प्रमाणित गर्दछ। पछिल्ला वर्षहरूमा नतिजा उत्कृष्ट छ। सेमेस्टर प्रणालीमा सन्चालन भएका विषयको त उत्तिर्ण दर ९० प्रतिशत भन्दा वढी छ। अन्य विषयको पनि ६५ प्रतिशत भन्दा वढी छ। शिक्षाको गुणस्तर र नतिजामा त हामि सवै भन्दा अगाडि नै छौ।
    ५ ) गुणस्तर कायम गर्न कस्ता कस्ता शैक्षिक विधि र क्रियाकलाप सन्चालन गर्नु भएको छ।
    राजनीतिक प्रभाव र राजनैतिक गतिविधी सुन्य छ। कलेज पुण रुपमा अध्ययन अध्यापनमा केन्द्रीत छ। स्थलगत अवलोकन, प्रोजेक्ट कार्य, नियमित कक्षा सन्चालन, गेष्ट कक्षा, दर्जनौं पिएचडी प्राध्यापकहरू, समयमा नै कोर्स पूरा , पुनरावृत्ति कक्षा को व्यवस्था गरेका छौ। सवैको सयुक्त प्रयासले गुणस्तर कायम गर्न सफल भएका हौ।
    ६) अन्त्यमा केहि भन्नु छ कि ?
    समग्र कलेजको वारेमा केहि कुराहरु राख्ने अवसर दिनुभएकोमा तपाईं र तपाईंका पत्रिका टिमलाई धन्यवाद दिन चाहान्छु।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑