Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

हमासद्वारा दुई जना इजरायली बन्दी सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ३२४ पाठक संख्या
  • बैशाख १६ एजेन्सी ,-  प्यालेस्टिनी बिद्रोही समूह हमासले थप दुई जना बन्दीहरु सार्वजनिक गरेको छ । ती बन्दीहरु जीवित रहेको प्रमाण स्वरूप हमासले भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ । दुबै जनालाई अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि बन्दी बनाइएको थियो ।

    भिडियोमा ओमिर मिरनले आफू दुई सय दुई दिनदेखि बन्दी भएको बताउनुभएको छ । भिडियो सार्वजनिक हुनुभन्दा केही समय अघि मात्रै रेकर्ड गरेको पाइएको इजरायली अधिकारीले बताएका छन् ।

    अहिले इजरायलको तेल अभिभमा बन्दी रिहाइका लागि प्रयास गर्न ठूलो प्रदर्शन भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्दीको रिहाइका लागि आफूहरु वार्तामा रहेको भन्दै आफूहरुले सबै उपाय प्रयोग गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑