आज: २०८३ अषाढ १४, आईतबार | Sun, 28, Jun, 2026

एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशन सम्पन्न


Thumbnail
  • आक्रमण न्युज
  • २०८२ बैशाख २३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ५२२ पाठक संख्या
  • एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ।

    बाँकेका आठैवटा पालिकाबाट निर्वाचित भएर आएका ३७८  पार्टी प्रतिनिधिले निर्विरोध निर्वाचित गरेको कमिटीमा अध्यक्ष दीपक जिएम, उपाध्यक्ष शिव डाँगी र करिश्मा योगी, सचिव तेजप्रसाद अघिकारी, सहसचिव  टेकेन्दर मल्ल, प्रेमिका शाही र मकुबुल खानसहित ५३ जना रहेका छन्। नेपालगन्जमा भएको अधिवेशनलाई केन्द्रीय महासचिव घनश्याम भुसाल, केन्द्रीय उपमहासचिव मेटमणि चौधरी, केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, पोलिटब्युरो सदस्य तथा बाँके  इन्चार्ज अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्य नारायणी वली, कृष्ण बिसी, अनारकली मियालगायतले सम्बाेधन गरेका थिए।

    निर्वाचित कमिटीलाई पार्टी महासचिव घनश्याम भुसाल तथा निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खाँले  पद तथा गोपनीयताको शपथग्रहण गरेको निर्वाचनमण्डलका सदस्य अम्मरराज खत्रीले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट