Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण


  • आक्रमण न्युज
  • २०८२ बैशाख २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • २२९ पाठक संख्या
  • चितवन । चितवनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइने भएको छ ।
    नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो ।
    प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उप महासचिव प्रदिप ज्ञवालीको प्रमुख उपस्थिति रहने एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा कार्यक्रम हुन लागेको हो ।
    प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिसहित नेकपा एमाले वार्ड कमिटी र पालिका कमिटीका पदाधिकारी र सम्पूर्ण जिल्ला कमिटीलाई समेत सहभागी गराइँदैछ । सोही अनुसार प्रशिक्षण कार्यक्रममा सहभागि हुन अध्यक्ष पाठकले आह्वान गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑