आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

वायु प्रदूषण बढेपछि पर्यटकले हिमाल हेर्न पाएनन्, पर्यटन व्यवसायमा क्षति


  • आक्रमण न्युज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ४७६ पाठक संख्या
  •  बैशाख १९ काठमाण्डौ, – पदयात्रा गर्दै हिमाल हेर्ने मुख्य मौसममा वायु प्रदूषण बढेपछि पर्यटकहरू समस्यामा परेका छन् । वायु प्रदूषण बढेर तुवाँलो लाग्दा हिमालसमेत छोपिएको छ भने पर्यटकको यात्रा पनि प्रभावित भएको छ ।

    लगातार दुई दिन प्रयास गर्दा पनि आफूले विदेशी पर्यटकलाई पोखरामा पुर्‍याउन नसकेको पर्यटन व्यवसायी फुर्वा शेर्पाले बताउनुभयो । पोखरामा बाक्लो तुवाँलो लागेका कारण दुई हप्तादेखि हवाई उडान प्रभावित भइरहेको छ । बितेका केही दिनदेखि त कैयौँ उडान स्थगित नै भएका छन् ।

    यस्तै पोखरा पुगेका पर्यटकहरूले पनि तुवाँलोले ढाकेका कारण हिमालको सुन्दरता नियाल्न पाएका छैनन् । मौसम खुल्दा काठमाण्डौ आसपासका डाँडाहरूबाट पनि हिमाल हेर्न पाइन्थ्यो । तर अहिले हिमालहरू तुवाँलोले छोपिएका छन् । छोटो बिदामा नेपाल आउने पर्यटकहरूलाई व्यवसायीले काठमाण्डौ उपत्यका आसपासकै डाँडाहरूमा लगेर हिमाल देखाउने गरेका थिए ।

    काठमाण्डौ र पोखरा मात्र नभई उच्च पहाडी क्षेत्रमा नपुगी हिमाल हेर्न सकिने पहाडी क्षेत्रका गन्तव्यहरूबाट अहिले हिमाल देख्नै मुस्किल पर्छ । यस बेला देखिएको तुवाँलो वायु प्रदूषणको कारण भएको वायु गुणस्तरविज्ञ डा। भूपेन्द्र दास बताउनुहुन्छ ।

    लामो समयदेखि पानी नपर्दा भएको सुक्खापन र देशका धेरै ठाउँमा भइरहेको डढेलो र आगलागीका कारण अहिले वायु प्रदूषण बढेको हो । वायु प्रदूषणका कारण स्वास्थ्यमा असर गर्नुका साथै पर्यटन व्यवसायमा समेत क्षति पुगेको छ ।

    पोखराका व्यवसायीहरू तुवाँलोकै कारण मुख्य सिजनमै पर्यटक नआएका बताउँछन् । प्याराग्लाइडिङको उडान पनि औसतमा आधाभन्दा धेरै घटेको व्यवसायीको भनाइ छ । अन्य गन्तव्यमा पनि विदेशीसँगै आन्तरिक पर्यटकसमेत घटेका व्यवसायीहरू बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट