Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

रित्तिदै शहर पनि


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५४१ पाठक संख्या
  • होमनाथ न्यौपाने
    भरतपुर । जनसख्या वृद्धिमा आएको कमि , आर्थिक मन्दी र विदेश पलायनले गाउँ मात्र होईन शहर पनि सुनसान हुन थालेको छ। शहरी क्षेत्र तथा स्वदेशमा रोजगारीका अवसरहरु एकपछि अर्काे गुम्दै गएपछि मानिसहरू विकल्पमा गाउँ वा विदेश जाने क्रम बढ्दै गएको छ। चितवन जिल्ला ७८ औ जिल्लाको रुपमा परिचित छ।केही वर्षपछि अघि जस्तो जनसंख्या चाप छैन।देशको केन्द्रमा अवस्थित भएको कारण पनि चितवनमा अन्यत्र वाट वसाई सराई गरेर आउने मानिसहरूको चाप क्मस घट्दै गइरहेको छ। जग्गा तथा अन्य कारोवार ओरालो लागीरहेको छ।भिडमभिड हुने शहरबजार आजकल सुनसान हुन थालेको छ।सटर तथा व्यवसायीक भवनहरु धमाधम बन्द हुदैछन ।कोरोना महामारी, आर्थिक मन्दी, युवा पलायन, अदुरदर्शी सरकारी नीतिका कारण आर्थिक क्रियाकलापमा स्खलन आएको छ। प्रभाव कारी निति को अभावका कारण नेपाली व्यापार र उद्योगमा नकारात्मक प्रभाव पारेका छन्, जसले गर्दा व्यवसायीहरू आफ्नो व्यापार धान्न नसकी सटर बन्द गर्न बाध्य भएका छन् ।
    कोरोना भाइरसले विश्वव्यापी महामारीको रूपमा फैलिँदा यसले नेपालमा पनि गम्भीर असर पुर्यायो। व्यापारिक गतिविधिहरू ठप्प भए, बजार बन्द भए, र उपभोक्ताको आय घट्यो। व्यवसायीहरूले आफ्नो दैनिक सञ्चालन खर्च धान्न नसक्ने अवस्थामा पुगे।
    विशेष गरी साना व्यवसायहरूले पाएको आर्थिक झट्काको परिणाम स्वरूप व्यापारमा गिरावट आयो र ठूला संख्यामा सटरहरू बन्द गर्नुपर्यो। महामारीपछि पनि व्यापार पूर्ण रुपमा पुनःस्थापित हुन सकेको छैन। विभिन्न तथ्याङ्क अनुसार साना तथा मझौला उद्योगहरूले महामारीका कारण ठूला आर्थिक घाटाहरू भोग्नुपर्यो।
    घरजग्गा कारोबारमा आएको गिरावट, बजारको अस्थिरता, र बढ्दो महङ्गीका कारण साना व्यवसायहरू झन् गम्भीर संकटमा परेका छन्। बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जाकाे झन्झटिलो व्यवस्था ,वजार नदेख्दा उधोगीमा लगानीको अवस्था छैन ।वैकमा अत्याधिक तरलता थुप्रिएको छ।वैकहरु नै टाट पल्टिने अवस्थामा पुगेको छन्। केही वर्षअघि मुल्यांकन गरिएकाे धितोको मुल्य उच्च थियो।तर आज धितोको मुल्य पचास प्रतिसतले घटेको छ। वयवसायी लोन तिर्न सक्ने अवस्थामा छैनन् , धितो लिलाम पकृयामा जादा कसैले सकार्दैन,वैकले सकार्यो घाटा हुने अवस्था छ। यस्तै स्थिति रह्यो भने वित्तीय संस्था टाट पल्टिने अवस्थामा पुग्दछन् र देशको अर्थतन्त्र तहसनहस हुने वित्तीय बुद्धी जिविहरुको मत छ।
    साना व्यवसायहरू, विशेष गरी उपभोक्ता सामग्रीमा आधारित पसलहरूले खर्च कटौतीका लागि सटर बन्द गर्न बाध्य भएका छन्।रोजगारीका अवसरहरू खोज्दै विदेशिने युवाहरूको संख्यामा वृद्धि भएको छ।

    रेमिट्यान्सले देशको आर्थिक क्षेत्रमा ठूलो योगदान गरे पनि, यसले स्थानीय व्यापारमा नकारात्मक असर पुर्याएको छ।

    सरकारी नीतिहरू व्यवसायीको हितमा नहुनु जटील कर प्रणाली, दोहोरो करको बोझ, साथै व्यवसायलाई संकटबाट निकाल्न राज्यको तर्फबाट सहजीकरण नहुनु जस्ता समस्याहरूले शहरी अर्थतन्त्र धरासायी वनेको छ। समयमानै समाधानका उपाय नखोज्ने र प्रभावकारी निति अबलम्बन नगर्ने हो भने गम्भीर आर्थिक सकट निम्तिन सक्छ।

    शहरी शिक्षा क्षेत्रपनि गम्भीर संकटमा

    भरतपुर। जनसख्या विस्थापन सगै विभिन्न क्षेत्रमा देखिएको नकारात्मक असर पछिल्लो समय शिक्षा क्षेत्रमा पनि देखा पर्न थालेको छ। आर्थिक समस्याका कारण देखाउँदै सस्थागत विद्यालयमा पढाउँदै आएका अभिभावकहरुले आफ्ना वावु नानिलाइ सामुदायिक विद्यालयमा भर्ना गर्न लैजाने क्रम बढेसँगै आर्थिक मन्दीको असर प्रत्यक्षरुपमा शिक्षा क्षेत्रमा परेको महसुस गरिएको सस्थागत विद्यालय सन्चालकको छ। सामुदायिक विद्यालयमा पढाउन मन नहुँदा नहुँदै पनि आर्थिक मन्दीको कारण सस्थागत विद्यालयवाट सामुदायिक विद्यालयमा सार्न वाध्य भएकाे अभिभावकहरुको गुनासो छ। कति पय अभिभावकले रोजगारी गुमसएकै कारण पलायन नै भएका छन् । शहरमा वस्न नसक्ने भएपछि गाउँ फर्कनको सङ्ख्या पनि उल्लेख छ। बालबच्चा पनि अभिभावक सगै गाउँ फर्किएपछि त्यसको असर शहरी विध्यालयहरुमा परेको हो।पछिल्लो समय बजारका व्यपारिक सटरहरु खालि छन्। सन्चालनमा रहेका सटरहरुमा पनि व्यवसाय छैन। निर्माण कार्य ठप्प छ। निमार्ण कार्य ठप्प हुँदा मजदुर, हाडवेयर व्यवसायि,रड सिमेन्ट उद्योग, क्रसर उद्योगसँग सम्वन्धित क्षेत्र सवै धरासायी भएको जानकारहरुको वताउछन्। रोजगारी गुमाए पछि अभिभावकहरुले वाध्य भएर आफ्ना वावु नानिलाइ सामुदायिक विद्यालयमा भर्ना गर्नु परेको समाजशास्त्रि सुर्य घिमिरे वताउनु हुन्छ। अधिकांश सस्थागत विद्यालयहरुको विध्यार्थि घट्दो दरमा रहेको छ। राज्यले आर्थिक मन्दीलाइ उकास्न विशेष आर्थिक प्याकेज नल्याउने हो भने समाजमा ठूलो विचलन आउने समाजशास्त्रि घिमिरे वताउनु हुन्छ।
    कलेजहरुमा पनि चहलपहल छैन।
    हजारौँ विद्यार्थीको चहलपहल हुने क्याम्पसहरू पछिल्ला वर्ष सुनसान छन् । विध्यार्थी को चाप कम भएपछि कतिपय सकायका विषय त वन्द नै भैसकेका छन्। कुनै समय विध्यार्थीको आकर्षण को केन्द्र मा परेका विषय राजनीति शास्त्र, भुगोल, ग्रामीण विकास जस्ता द्वन्द्व व्यवस्थापन जस्ता विषय अहिले पढाई हुदैनन। देशमा रोजगारीको सम्भावना नहुँनु, विषयह समय सापेक्ष नहुनु ले विध्यार्थी को आकर्षण घटेको छ भनें अर्को तर्फ विश्व विद्यालय र कलेज मा विध्यार्थी संगठन को राजनीतिक क्रिडा स्थल वन्नु केही कारण हुन्।
    यसका अतिरिक्त विश्वविद्यालयको पाठ्यक्रम,परीक्षा प्रणाली , नतिजा प्रकाशनमा ढिलाई सतहि र आन्तरिक कारण हुन भने वाह्य तथा अन्तर्राष्ट्रिय कारण पनि प्रमुख छन्।
    केही कारणहरू
    देशमा रोजगारीको समस्या
    अत्यधिक महडगो शिक्षा प्रणाली
    वैदेशिक अध्ययन मा सजिलै पहुच हुनु।

    . विश्वविद्यालयमा अनियमितता
    . समय अनुकुल पाठ्यक्रम परिमार्जन नहुनु
    , व्यवहारिक भन्दा सैदान्तिक शिक्षा प्रणाली हुनु।
    . विद्यार्थीको आर्थिक शोषण
    . शिक्षामा राज्यको कमजोर उपस्थिति
    . परनिर्भर र पराधीन शिक्षा, विदेशी कामदार
    उत्पादनमा सीमित
    . शिक्षा, स्वास्थ्य शिक्षा, अनुसन्धान क्षेत्रमा लगानी
    , वैदेशिक लगानीमा आधारित शिक्षा
    , राज्यको अदुरदर्शि शिक्षा निति
    , शिक्षा मा राजनितिक प्रभाव।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑