Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

के नेपालमा राजतन्त्र पुनर्स्थापना सम्भव छ ?


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित १ साल अघि
  • ५६४ पाठक संख्या
  • केही समय यता नेपालमा राजतन्त्र पुनर्स्थापनाको मागले राजनीतिमा हलचल ल्याएको छ । गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा घुमघाम गरेर काठमाडौं फर्किदा उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), राजावादी लगायतले गरेको भब्य स्वागतपछि राजनीतिमा खैलाबैला भएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी र संसदमा समेत राजाको स्वगत चर्चाको विषय बन्यो ।
    कांग्रेस,एमाले र माओवादीका नेताहरु नेपालमा राजतन्त्र पुनर्स्थापनाको कुनै संभावना नभएको भन्दै बोल्न थाले त्यसमा सबैभन्दा चर्काे स्वरमा बोल्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सो पार्टीका अरु नेताहरु रहे । पूर्व राजाको भब्य स्वागत हुनुमा उनले गत फागुन ७ गते प्रजातन्त्र दिवशका अवसरमा दिएको शन्देशमा राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नेपाली जनतालाई आव्हान गरेका थिए । उनले जनताको भलाइका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको भन्दै राजनीतिक दलहरुलाई लक्षित गरेर व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको बताएका थिए । यसले राप्रपा र राजावादीहरुलाई निकै ठूलो हौसला मिल्यो ।अनि पोखराबाट फर्किदा काठमाडौंमा उनको भब्य स्वागत भयो । जसले राजनीतिक दलहरुलाई झस्क्यायो ।

    नागरिकहरु राजनीतिक दलहरुले देश र जनताका पक्षमा केही नगरेको भन्दै असन्तुष्ट छन् । त्यो असन्तुष्टि सडकमा पोखिएको मान्न सकिन्छ । नेपालमा पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा २ सय ४० वर्षे शाह बंशीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
    त्यसतबेला ज्ञानेन्द्र शाहले बिना कुनै सक्तपात सहज रुपमा राजगद्धी त्यागेका थिए । नेपालमा राजतन्त्र अन्त्य भएको १६ वर्ष भएको छ । नेपाली जनता राजनीतिक दलहरुको व्यवहार र काम गराईबाट वाक्क दिक्क भइरहेको बेला राजावादीहरुले राजतन्त्रको मुद्धा चर्काएका छन् । पूर्व राजा शाह जता गएपछि उनको स्वगतमा स्वत स्फूर्त रुपमा मानिसहरु जम्मा हुने गरेका छन् ।
    आज उनी गोरखाका धार्मिक स्थलहरुमा जाँदा पनि त्यस्तै देखियो । आफ्ना समर्थक माझ पूर्व राजा शाहले लामो समयपछि आफ्ना पुर्खाको थलो आउन पाउँदा खुशी लागेको भन्दै कसैले कसैको कुभलो नचिताउन र शान्ति बनाई राखौं भन्ने चाहना व्यक्त गरे । पूर्व राजा शाह र उनको परिवारलाई बिभिन्न जिल्ला घुमघामका क्रममा जुन स्वागत र आकर्षण देखिएको छ यसले नेपालमा पनि राजसंस्था पुनस्र्थापनाको चर्चा चुलिएको छ । इतिहासमा कतिपय देशरुरुमा राजतन्त्र पुनर्स्थापना भएका उदाहरण पनि छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑