Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

न्यूरोडमा कर छल्नका लागि एउटा सटर महिनाको चार हजार रुपैयाँमा भाडा सम्झौता


  • आक्रमण न्युज
  • २०८१ बैशाख २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ५७५ पाठक संख्या
  • बैशाख २२ काठमाण्डौ , – काठमाण्डौको न्यूरोडमा कर छल्नकै लागि एउटा सटर महिनाको चार हजार रुपैयाँमै सम्झौता गरेको पाइएको महानगरपालिकाले जनाएको छ । महानगरको टोलीले शुरु गरेको घरवहाल कर बारेको बजार अनुगमनका क्रममा न्यूरोड क्षेत्रमा सस्तोमा भाडा सम्झौता भएको पाइएको हो ।

    सम्झौताअनुसारको १० प्रतिशत कर महानगरपालिकालाई तिर्नुपर्छ । त्यही कर छल्नको लागि सस्तोमा सम्झौता भएको हुन सक्ने नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले बताउनुभयो । न्यूरोड क्षेत्रमा सामान्य सटरको पनि ४०र५० हजार रुपैयाँ भाडा पर्ने भन्दै उहाँले निकै ठूला सटर पनि महिनाको चार हजारमा सम्झौता भएको पाइएको बताउनुभयो ।

    महानगरको टोलीले हिजो न्यूरोडबाट घरबहाल करबारे अनुगमन शुरु गरेको हो । महानगरले कर तिर्नेलाई धन्यबाद दिन र नतिर्नेलाई कर तिर्न आग्रह गर्न अभियान शुरु गरेको बताएको छ । अनुगमनको क्रममा व्यवसाय दर्ता भए पनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाण्डौ महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑