Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

भोलिदेखि जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्द हुने


  • आक्रमण न्युज
  • २०८१ बैशाख २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ५५८ पाठक संख्या
  • बैशाख २२ काठमाण्डौ – जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर भोलि आइतवारदेखि आउँदो मंगलवारसम्म जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध सूचनामा उल्लेख छ ।

    भारतको मधुवनी जिल्लाको झंझारपुर संसदीय क्षेत्रमा मे ७ तारिख मंगलवार लोकसभाको चुनाव हुँदैछ । चुनावको सुरक्षालाई देखाएर भारतीय पक्षले आज मध्यरातिदेखि आउँदो मंगलवार मध्यरातिसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । भारतको यो निर्णयका कारण आइतवारदेखि मंगलवारसम्म रेल्वे सेवा बन्द हुने भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑