आज: २०८२ श्रावण २, शुक्रबार | Fri, 18, Jul, 2025

भ्रष्टाचार गर्ने ब्यक्ति सबको हाइ हाइ


  • आक्रमण न्युज
  • २०८२ अषाढ ४, बुधबार मा प्रकाशित १ महिना अघि
  • १२६ पाठक संख्या
  • विवादित सहसचिव तीर्थ भट्टराई पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि रवि लामिछानेसम्मका प्यारा देखिएका छन् । आफूलाई भिजिट भिसा दुरुपयोग गरेको आरोप लगाएपछि गृहमन्त्री रमेश लेखकले प्रचण्डको पालादेखि रविसम्म भट्टराई गृहमन्त्रालयमा रहेको तथ्य प्रस्तुत गरेका थिए । यो विषयलाई लिएर गृहमन्त्री लेखक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच दोहोरी चलेको छ । गृहमन्त्री लेखकले भट्टराई रवि लामिछाने गृहमन्त्री हुँदा गृहमै रहेको बताएपछि रास्वपाले खण्डन गरेको छ । रवि लामिछानेले २०८० फागुन २३ गते गृहमन्त्रीको पदभार सम्हालेका थिए । रवि गृहमन्त्री भएको झन्डै ३ महिनापछि २०८१ जेठ १७ गते विवादित सहसचिव भट्टराई कसुरजन्यको महानिर्देशक भएर जिम्मेवारी सम्हाल्न पुगेका थिए । रवि पहिलोपटक गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा विवादमा परेका भट्टराईलाई उनी दोस्रोपटक गृहमन्त्री हुँदा कसुरजन्यमा लगेर व्यवस्थापन गरिएको थियो । त्यो बेला गृहसचिव (हालका मुख्यसचिव) एकनारायण अर्याल रहेका थिए । गृहमन्त्री लामिछानेले भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा व्यवस्थापन मात्रै गरेनन् भिजिट भिसा काण्डमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख हुँदा लफडमा परेका गोगन हमाललाई आन्तरिक व्यवस्थापन महाशाखामा लगिएको थियो । रवि लामिछानेले जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक र डा. भीष्मकुमार भुसाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख बनाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा भने सुरेश पन्थीलाई लगेका थिए । रविले खेलाएका यिनै सहसचिवहरूलाई छानीछानी जिम्मेवारी दिएपछि लेखकलाई आपत आइलागेको थियो । रवि लामिछानेको पालामा ठिकै मानिने कसुरजन्य व्यवस्थापन विभागको महानिर्देशक रहेका सहसचिव भट्टराईलाई आकर्षक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख बनाउन लेखक किन लागि परे भन्नेमा शंका भएको छ । रवि लामिछानेले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाएर गोगन हमाललाई पनि गृहमन्त्री लेखकले संरक्षण गरेका थिए । हमाललाई लामो समय आन्तरिकमै राखेर गृहमन्त्री लेखक र सचिव गोकर्णमणि दुवाडीले कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् । रवि लामिछानेले कारागार व्यवस्थापन विभागको महानिर्देशक बनेका जयनारायण आचार्यलाई लेखकले काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएर पठाए । आचार्य नक्कली प्रमाणपत्र काण्डमा विवादमा मुछिएपछि अहिले उनलाई लेखकले गृहको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् । रवि लामिछानेको पालाका भीष्म भुसाल गृहबाट आउट भइसकेका छन् भने सुरेश पन्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट कसुरजन्यमा पुगेका छन् । २०७९ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको समेत कार्यभार सम्हालेका बेला भट्टराईलाई प्रमुख जिल्ला अधिकारीबाट तानेर गृह मन्त्रालयमा ल्याइएको थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहुन्जेल उनी पन्जीकरण विभागमा रहेको लेखकले बताए । त्यसपछि रवि लामिछाने गृहमन्त्री भएका बेला भट्टराईलाई हेटौंडास्थित मुख्यमन्त्रीको कार्यालयबाट गृहमा ल्याइएको थियो । २०७८ सालमा बालकृष्ण खाण गृहमन्त्री भएका बेला गृह मन्त्रालयअन्तर्गत पन्जीकरण विभागको महानिर्देशक बनाइएको थियो । सोही वर्ष मोरङको प्रमुख जिल्ला अधिकारीसमेत बनाइएको थियो । त्यसअघि माओवादीका प्रिय बनेका भट्टराई गोरखाका प्रमुख जिल्ला अधिकारी भएर गएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट