आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

ओलीको अहङ्कार र देश डुब्ने खतरा


  • आक्रमण न्युज
  • २०८२ मंसिर २४, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ३८३ पाठक संख्या
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीको छुद्र सार्वजनिक अभिव्यक्ति र महेश बस्नेतको जेन–जी माथि लगाउने आतंककारीको आरोप र आक्रमणको धम्की नै नवयुवाहरूको आक्रोशको कारण हुँदा सिमरामा फेरी विद्रोहको ज्वाला दम्किन पुग्यो । त्यसको प्रभाव विराटनगर, पोखरा, धनगढी र दाङ हुँदै बिस्तारै–बिस्तारै दैशैभरी सल्किन थालेको छ । यदि विद्रोहको आँधिवेरीलाई सत्ताच्यूत शासकहरूले आत्मसात् नगरी फेरि चिहानबाट बौरिएर अहङ्कार घमन्ड र दम्भ देखाइरहे सिमराबाट सुरु भएको भुसको आगो देशैभरी नसल्केला भन्न सकिँदैन ।

    देशलाई अनिर्णयको बन्दी बनाएर अराजकताको ताण्डव देखाएर अनुशासनहिन चोथाले छुद्रपनको गीत गाउने कम्युनिष्ट सिद्धान्तकै बदनाम गर्ने पार्टी एमाले र त्यसको नेतृत्व हो भन्दा फरक नपर्ला । अब विवेक चेतना र परिवर्तन चाहने आमनागरिकहरु अर्थात् मतदाताहरूले केपी शर्मा ओली, महेश बस्नेत जस्ता अराजक चोथाले छुद्र व्यक्ति जसले नबयूवाहरुको भावना नबुझ्ने आफ्नो नागरिकमाथि आईलाग्नेलाई जाइलाग्नेजस्ता सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिनु।

    आफ्ना नागरिकलाई गालीगलौज अपमानसँगै आतंकको ढोल बजाएर झोले र चम्चेरुपी कार्यकर्ताको ताली खाएर नतमस्त हुने नेताहरूलाई सदाका लागि समाज र राजनीतिबाट बहिष्कार गर्ने समय र मौका नेपाली जनताको हातमा आइसकेको छ । यो देशको मुख्य समस्याको पहिचान गर्ने बेला आइसकेको छ । त्यसको लागि आम नागरिकमा जागरण, चेतना र परिवर्तनको खाँचो टड्कारो देखिन्छ । यो देशको मुख्य समस्या भनेकै २०४६ साल यता आलोपालो सत्ता चलाउनेहरुनै हुन् । पछि उदाएका रवि, बालेन, हर्क र गोपीहरू अवश्य होइनन् ।

    वैकल्पिक नयाँ शक्ति भनेर मानिने रवि, बालेन, हर्क, कुलमान र गोपीहरू एकले अर्काको अस्तित्वलाई स्वीकार नगरी लक्ष एउटै बाटो फरक बनाएर हिँड्ने हो भने देश कुनै पनि हालतमा यो अवस्थाबाट सुध्रिने छैन । जनताले आशा, भरोसा र विश्वास गरेका यी नयाँ अनुहारहरू जुधेर बस्ने हो भने घुमाई फिराई उही अवसरवाद, परिवारवाद, फरियावाद र लुटझुट र कुशासनको जिन्दावाद हुने निश्चित छ । मुलुक अहिले तीव्र रूपान्तरणको सङ्गीत मोडमा उभिएको छ ।

    एकातिर पुरानो राजनीति संस्कार र नेतृत्व अहङ्कार अस्ताउने दिशातर्फ उन्मुख देखिन्छ भने अर्कोतर्फ विज्ञान, प्रविधि, सूचना र डिजिटलको ज्ञान भएका नयाँ पुस्ता सुनौलो बिहानीको किरण झैँ झुल्किँदै गरेको देख्न सकिन्छ । पुराना राजनीतिक नेतृत्व प्रतिको वितृष्णा सँगै नयाँ राजनीतिक नेतृत्व प्रति आम नागरिकको आशा र भरोसा बढ्दो देखिन्छ ।

    २०७९ को आम निर्वाचन र स्थानीय निर्वाचनबाट उदाएका पार्टी र स्वतन्त्र जनप्रतिनीहरुबाट ठूलो आर्थिक, सामाजिक र समृद्धिको आशा पलाएको मान्न सकिन्छ । थोरै समयमै जनताको चेतनाबाट उदाएका यी राजनीतिक शक्ति र नेतृत्वलाई आम जनताले एउटै मञ्चमा उभिएको र एउटै स्वरमा गर्जिएको हेर्न र सुन्न चाहन्छन् । के यी पात्रहरू एउटै मञ्च, एउटै उद्देश्य र एउटै गन्तव्य बोकेर मुलुक र जनताका खातिर लड्ने हिम्मत गर्न सक्दछन् । अवश्य पनि गर्नु पर्दछ । पुरानाहरू देश लुटेर खान एक हुन सक्छन् भने नयाँहरू देशको रक्षा र जनताको भविष्यका लागि किन एक हुन सक्दैनन् इतिहास साक्षी रहने छ यो गल्ती नयाँ नेतृत्वले नगरोस् ।

    भ्रष्टाचार, बेथिति, निरङ्कुशता र कुशासन चरम स्तरमा पुगेको बेला विज्ञान, प्रविधिका प्रयोगकर्ता नवयुवा जेन–जी पुस्ताले नेपाली राजनीतिक र नेतृत्व माथि यसरी आक्रोसको ज्वाला दत्काएकी पुराना राजनीतिक दल र त्यसको नेतृत्व बिरालोले लखेटेको मुसा झैँ दुलो खोज्न भाग दौड गर्नु प¥यो । यस्तो राजनीति शून्य अवस्थामा एउटा ठूलो पिछडिएको वर्ग झुटो सपनामा अलमलिएको समुदाय र विभेदमा परेका नागरिकहरू भर्खरै उदाएका नयाँ राजनीतिक शक्तिहरूलाई एक ठाउँमा र एउटै लक्ष्यमा हिँडेका देख्न चाहन्छन् । विडम्बना नै भन्नु पर्दछ यी नबउदयमान नेतृत्वहरुमा पलाएको स्वार्थ र अहंमताका कारण यिनीहरूको राजनीतिक र व्यक्तिगत दुरी झन्–झन् बढ्दो देखिन्छ । बालेन र हर्क बिचको सुमधुर सम्बन्धमा दरार पैदा भएको छ ।

    देश परिवर्तनको सपना बोकेर हिँडेको युवा आज आफ्ना अभावहरूलाई खाडीको तातो घाममा आफ्नो रगत र ऊर्जाशील पसिना बेच्न दिनहुँ हजारौँको सङ्ख्यामा मातृभूमि छोड्न बाध्य छ । उता नेताका छोराछोरी युरोप–अमेरिका जस्ता संसारकै सुविधा सम्पन्न विकसित मुलुकहरूमा मोजमस्ति गरिरहेका छन् । परिवर्तनको नाममा ठूलो धोका भएको छ, पटक–पटकको राजनीतिक आन्दोलन, जनताको सङ्घर्ष र ठूलो बलिदान पछि जन्मेको निराशाको सिकार भएको पुस्ता राजनीति र नेतृत्व प्रति घृणा ओकली रहेको छ । यसले समाजमा एउटा गम्भीर प्रश्न जन्माई दिएको छ ।

    जनताको आशा, भरोसा र विश्वासलाई सम्बोधन गर्न नसक्ने असफल राजनीतिक शक्तिको नेतृत्वमा के फेरी भ्रष्टाचार र कुशासनमा थिलथिलेको हाम्रो मुलुक तिनै असफल पार्टी र भ्रष्ट नेताहरूकै नेतृत्वमा मुलुक र जनता गोलबद्ध हुन सक्छन् रु अब असम्भव छ । विगत र वर्तमानका इतिहासहरू साक्षी छन्, जनताको नजरबाट गिरिसकेका राजनीतिक नेतृत्वहरूको यात्रा अन्ततः आर्यघाटमै पुगेर विसर्जन हुने हो । परम्परागत असफल नेतृत्वको गलत आचरण र पछ्गामी राजनीतिक निर्णयका कारण पुराना दलका पहिलो र दोस्रो पुस्ताका नेताहरू आमजनताको आशा र भरोसाको मस्तिस्कबाट बाहिरीसकेका छन् । यही निराशा र राजनीतिक शून्यताका बिचबाट नयाँ बहस उठ्न थालेको छ ।

    के परिवर्तन सम्भव छ ? अवश्य सम्भव छ । पुरानाबाट होइन नयाँ ऊर्जा, नयाँ शक्ति र नयाँ नेतृत्वबाट मात्र सम्भव छ । विज्ञान, प्रविधि, सूचना र आईफोन पुस्ताको नेतृत्व सोही नयाँ पुस्ताबाट मात्र सम्भव छ । समग्र परिवर्तनको झिल्को नयाँ राजनीतिक शक्ति र त्यसको नेतृत्वमा मात्र देखेका छन् । तर नयाँ भन्नेहरूमा पनि यसैगरि व्यक्ति घमन्ड र अरूको अस्तित्व अस्वीकार गर्ने व्यवहार बढ्दै जाने हो भने तीनै पुराना सढेगलेका टाउकाहरू उठ्दै जाने निश्चित छ ।

    नयाँहरूले ज्ञान र जनमतको घमन्ड त्यागेर बरु घमन्डको ज्ञान जागोस् मनमा चेत खुलोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑