आज: २०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

नेता दुरगामि हुनु पर्ने


  • आक्रमण न्युज
  • २०८३ बैशाख १६, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • ६९ पाठक संख्या
  • हरेक राजनीतिक पार्टीका नेताबीच आन्तरिक द्वन्द्व चर्किएको छ । सकारात्मक दृष्टिकोणबाट हेर्दा यो राम्रो कुरा हो । पार्टीभित्रको आन्तरिक द्वन्द्वले पार्टीलाई दुर्घटनाबाट जोगाउँछ, नेतृत्वलाई गल्ती, कमजोरी सच्याउने मौका दिन्छ ।

    त्यसैले नेताहरूले आफैँले आफैँलाई सुधार्नुपर्छ, अन्यथा सुधार्नका लागि पार्टीभित्रैबाट कार्यकर्ताहरूले दबाब सृजना गरिनुपर्छ । तर, व्यवहारमा नेताहरूले आन्तरिक लोकतन्त्रलाई सवल र सदृढ गर्न नसक्नुले पार्टीभित्र अनेक खालका विकृति र विसंगति झाँगिँदै गएको छ । त्यसलाई गोडमेल गर्ने काम नेता, कार्यकर्ताहरूकै हो । तर पछिल्लो समय पार्टीमा नीति होइन, नेता प्रधानको प्रवृत्ति झाँगिँदै गएकोले नेताका विरुद्ध कोही पनि ‘चूँ’सम्म बोल्दा सक्दैन । नेताले जस्तोसुकै गल्ती गरे पनि ठिक भन्ने जुन खालको अवसरवाद हाबी भएको छ, त्यसले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाएको छ । लोकतन्त्र कमजोर हुँदा अराजकता बढ्छ ।

    अहिले जताततै अराजकता किन बढिरहेको छ भने मुलुक कानुनी बाटोमा होइन, दण्डहीनतातर्फ उन्मुख छ । सार्वभौम संसद्जस्तो ठाउँमा बन्ने कानुनलाई त पार्टी विशेषको स्वार्थमा तलमाथि पारिन्छ भने अन्यको के कुरा ? धेरै कानुनहरू देश र आम नागरिकको हितमा छैन, स्वार्थ समूह र बिचौलियाको स्वार्थमा गरिएको सबैले बुझेको कुरा हो ।

    त्यसको जति भण्डाफोर हुनुपर्ने हो त्यो हुन सकेको छैन ! भण्डाफोर कै उदाहरण हुन भिम रावल जस्ले एमालेबाट विद्रोह गर्दा जुन संख्यामा नेता, कार्यकर्ताहरूलाई ल्याउन सक्नु पर्दथ्यो, त्यो ल्याउन सकेनन् । भएका नेता, कार्यकर्ता पनि कति अवसरवादी रहेछन् भन्ने देखिहालियो,अरूले पनि खुट्टा उचालेका छन् ! नेता दूरगामी हुनुपर्छ । कतिपय विषयमा चित्त नबुझे पनि तत्कालै प्रतिक्रिया दिन हतार गर्नु हुन्न । बैठक बोलाएर बहस, छलफलको माध्यमबाट कतिपय समस्याको निकास निकाल्न सक्नु पर्द्छ ! भाषणले मात्रै विद्रोहको पुष्टि हुँदैन, व्यवहारमा देखिनुपर्छ । यसका लागि बैठक बोलाएर ठोस निष्कर्ष निकालेर अगाडि बढन सक्नु नै नेताको खुबि मानिन्छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट