आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

भ्रम को पछि नलागौ


  • आक्रमण न्युज
  • २०८३ श्रावण ३०, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • ४५ पाठक संख्या
  • साधनहरूको उपलब्धता पनि त्यो समयका सर्वसाधारणको पहुँचभन्दा निक्कै परको कुरा हुन्थ्यो ! अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् । ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ, अंक स्थिर छ शून्य चञ्चल र अधीर छ ! शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । देशको अवस्थालाइ भूगोलको अक्षांश र देशान्तरले सिमाङ्कन गरेको हुन्छ । हामि यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ ।

    जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ ! विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए ।यी सबै भ्रमहरूको पछि लाग्नेहरू आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होला ! हवाईजहाजको माध्यमबाट नियमित उडानमा ल्याउनु र उपभोग गर्नु कति नै ठुलो कुरा थियो र ! छर्नेले भ्रम धुमधामले छरे, यिनै भ्रमका मन्त्रहरू जप्दाजप्दै स्वर्ग जस्तो हाम्रो देशलाई नर्कमा परिणत गऱ्यौँ ।

    दिग्भ्रमित नेताहरूले जनतालाई संधै गोयवल्स शैलीमा भ्रमहरू उछाली रहे ।आजसम्म पनि भ्रमहरू ओकल्न बाँकी राखेका छैनन् । तर छरिएका भ्रमहरू शनै-शनै प्रष्टिँदै गए । स्वयं नेताहरू नै कसैको उक्साहटमा दिग्भ्रमित बनेको कुरा नस्वीकारे पनि पछिल्ला राजनीतिक गतिविधिमा नेताहरूका खुट्टा लुलो देखिनु त्यसैको द्योतक मान्न सकिन्छ ! नेताहरूले जनतालाई गलत बुझाएको बुझेपछि यतिखेर जनताले उनीहरूप्रति घृणा र आक्रोश ब्याप्त छ !

    विज्ञानको चमत्कारले गर्दा लौहविमानलाई हावामा उडाउन सकियो । धृतराष्ट्रलाई झैँ ‘आँखोदेखा हाल’ बताउने सञ्जयको अब जरुरी छैन । गोलो पृथ्वीका त कुरा छोडौं, अन्तरिक्ष यात्रीका रकेटभित्रका गतिविधि पनि पृथ्वीबाटै प्रत्यक्ष देख्न सकिन्छ । झुठ र भ्रम के हो सत्य यथार्थ र वास्तविक के हो ? भन्ने थाहा पाउन अब कसैले कसैलाई बताइरहनै पर्दैन । आजकलका मान्छेले दुधको दुध पानीको पानी छुट्ट्याउन हात-हातमा उपलब्ध स-साना यन्त्रका माध्यम काफी छ ।

    इतिहासका पानामा भेटिएका गल्ती कमी-कमजोरी केलाएर, सच्याएर बालेन्द्र शाह सरकार सङ्ग हातमा हात काधमा काध मिलाएर अघि बढ्न सकेन भने नेपालीहरूले दुःख सहन बाध्य हुनेछौँ । वर्तमान सरकार ले देशमा दीगो र चीरकालपर्यन्त शान्ति कायम गर्दै देशलाई विश्वका सम्पन्न मुलुकको दाँजोमा पुऱ्याउन कुनै कसर बाकि राखेको छैन भन्ने कुरा सबैमा जानकारि भएकै विषय हो !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट