आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

कोलकत्तामा एक डाक्टरको बलात्कार पछि हत्या, आरोपी पक्राउ


  • आक्रमण न्युज
  • २०८१ श्रावण २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • ५७ पाठक संख्या
  • श्रावण २७, २०८१
    कोलकत्ता । कोलकाताको एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाइ बलात्कार गरेर हत्या गरिएको छ ।
    भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो ।
    भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न शव फेला परेको थियो ।
    अनुसन्धान पछि प्रहरीले आरोपी सञ्जयलाई अगस्त ९ मा नै पक्राउ गरिसकेको छ र, प्रहरीले उनीविरुद्ध हत्या र जबरजस्ती करणी मुद्दा दर्ता गरी १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।
    पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस मुद्दालाई फास्ट ट्र्याक कोर्टमा पठाइने बताइन्। दोषीलाई मृत्युदण्डको माग गरिएको छ ।
    सेमिनार हलमा उनी भेटिदाँ आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । कोलकाता प्रहरीका अनुसार डाक्टरको आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औंठी औँला र ओठमा पनि चोट लागेको छ । घाँटीको हड्डी पनि भाँचिएको थियो ।
    उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
    ३१ वर्षीय प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागमा पीजी दोस्रो वर्षमा अध्ययनरत थिइन् । अभियुक्त अस्पतालका कर्मचारी होइन, बाहिरका व्यक्ति हुन् । तर अस्पतालका विभिन्न विभागहरूमा उनको धेरै पहुँच रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट