आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

जीवन र समापिका अभिनित रोशन राईको दुई थुङ्गा फूल सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ अषाढ २, आईतबार मा प्रकाशित २ साल अघि
  • ५८४ पाठक संख्या
  • आषाढ २, २०८१
    काठमाडौं । गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत दुई थुङ्गा फूल सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
    हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट