आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि सुनिल खड्कालाई


  • आक्रमण न्युज
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ५८३ पाठक संख्या
  • काठमाण्डौ असार १६ – कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाण्डौका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ुच्याम्पियनु बनेका हुन् ।

    विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र नवलपरासीकी खनाल सेकेण्ड रनर अप बने ।

    प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट