Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

चितवन महोत्सव मुल समितिको बैठक सम्पन्न : महोत्सवको तीव्र तयारी हुँदै


  • आक्रमण न्युज
  • २०८१ पौष २२, सोमबार मा प्रकाशित १ साल अघि
  • २९६ पाठक संख्या
  • पौष २२, २०८१
    चितवन । यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ ।
    उद्योग वाणिज्य संघ (उवासंघ) चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको छ ।बैठकको सुरुवातमा आफ्नो कुरा राख्दै मुल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए ।
    उनले महोत्सवमा स्टल निर्माणको काम ९० प्रतिशत बढी सकिएको बताए । अब प्रत्येक प्रदर्शकहरुलाई उनीहरुको स्टल पहिचान गराउने काम थालिने बताए ।

    अन्यत्र महोत्सव सकेर आएका प्रदर्शकको सामग्री व्यवस्थापनका कामहरु गरिएको उनले बताए । त्यसैगरी महोत्सव भित्रको सुरक्षा व्यवस्था आन्तरिकरुपमा आयोजकले गर्ने र बाह्य सुरक्षाका लागि नेपाल प्रहरीले गर्ने गरी तयारी थालिएको उनले बताए ।

    अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवको उद्घाटनको दिन सुरुमा शोभा यात्रा निकाल्ने तयारी गरिएको छ । महोत्सवको उद्घाटनका लागि संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीको प्रमुख उपस्थिति रहने छ ।

    बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महोत्सव सफल पार्न भरतपुर महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । भरतपुर महानगरपालिका महोत्सवको प्रवद्र्धक संस्थाका रुपमा रहेको छ ।

    बैठकमा समितिका सदस्यहरुले महोत्सवलाई सफल पार्न विभिन्न सुझावहरु दिएका थिए ।
    महोत्सव प्रवद्र्धन समितिका संयोजक एवम् उवासंघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सव सफल पार्न मुल आयोजक समितिका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले महोत्सवको व्यापक प्रचारमा यतिखेर जुटिएको र सकरात्मक प्रतिक्रियाहरु प्राप्त भएको जानकारी गराए ।

    उनले बैठकले दिएका सुझावहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउँदै बैठकको सापन गरे ।

    यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा हुन लागेको १५ औं संस्करण चितवन महोत्सवका लागि ८८३ सदस्यीय मुल समिति बनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑