आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

चितवन महोत्सवमा भोलि करण परियार र रितु कँडेलको प्रस्तुती


  • आक्रमण न्युज
  • २०८१ माघ १, मंगलबार मा प्रकाशित १ साल अघि
  • २३० पाठक संख्या
  • माघ १, २०८१
    चितवन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
    महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको सातौं दिन भोलि माघ २ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
    महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो ३ः३० बजेपछि करण परियार र रितु कँडेलको प्रस्तुती रहने छ ।
    ११ः३० बजेपछि जादुगर बलराम सरकार लगायतको प्रस्तुती रहने छ । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल कुमाल समाज चितवन, थारु कल्यणकारी सभा चितवन, नेपाल तामाङ धेदुङ, नेपाल दराइ उत्थान, पुन समाज नेपाल, दुरा सेवा समाज चितवन, प्रतिभा मञ्च बिजेता कावासोती, निसी सिंह र स्थानीय गायककोे प्रस्तुती रहने छ ।
    पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
    चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल व्यवस्थापन समितिका संयोजक गुणराज पौडेलका अनुसार फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट