आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

निमार्ण व्यवसायी संघ चितवनको अधिवेशनमा कडा प्रतिस्पर्धा हुदै


  • आक्रमण न्युज
  • २०८१ बैशाख २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ५७० पाठक संख्या
  • बैशाख २२,२०८१
    शंकर सुवेदी

    निमार्ण व्यसायी संघ चितवनको ३० औं साधारणसभा तथा १६ औं अधिवेशनबाट २ वर्षे कार्यकालका लागी नयाँ कार्यसमिति चयनका लागि आज निमार्ण व्यवसायी संघको भवनमा मतदान भइरहेको छ । । निर्वाचन समितिले दिउसो १२ बजे अन्तिम नामावलि प्रकाशन गर्देै निर्वाचन प्रकृया अगाडी बढाएको हो । १५ सदस्यीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुर्दै छ ।
    अधिवेशनमा अध्यक्ष पदमा ३ जनाको प्रतिस्पर्धा हुदैछ जसमा दिनेश चन्द्र न्यौपाने, शिवप्रसाद लौडारी र भीष्म अधिकारी रहेका छन । त्यसै गरि उपाध्यक्षमा शैलेन्द्र भट्टराई र छवि गौतम प्रतिस्पर्धामा उत्रिएका छन । सचिव पदका लागि शिवलाल ढकाल र उत्सव भट्टराई त्यसैगरि कोषाध्यक्षमा प्रकाशराज पौडेल, विष्णुप्रसाद लामिछाने, वसन्त खरेल र प्रकाश तिवारी गरि ४ जनाको उम्मेदवारी परेकोछ ।
    ८ जना सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा रशिक श्रेष्ठ, अरुण श्रेष्ठ, देवीप्रसाद भण्डारी, महेशचन्द्र ढकाल, नमराज सिल्वाल, शुशिल भट्टराई, आत्मराम कुमाल, गोविन्द ढकाल, रमाकान्त कोइराला, ईन्द्रबहादुर भण्डारी, पदम अधिकारी, राजीव सडौला, होमनाथ दवाडी र अनुजा धिताल रहेका छन् । मतदान बेलुका ५ बजे सम्म चल्नेछ ।

    निमार्ण व्यवसायी संघ चितवनको आज भइरहेको ३० औं साधारणसभा तथा १६ औं अधिवेशनमा चार वटा पदका उम्मेदवार निर्वीरोध चयन भएका छन् । निर्विरोध निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार माधवप्रसाद पोखरेल, महासचिवमा पुष्कर अधिकारी, सह सचिवमा अशोक लोहनी र महिला सदस्यमा शोभा न्यौपाने निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑