आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

गण्डकीको बजेट सार्बजनिक


  • आक्रमण न्युज
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित २ साल अघि
  • ५८४ पाठक संख्या
  • आषाढ १, २०८१
    पोखरा । गण्डकी प्रदेशको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।
    अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् । उनले चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत बजेट विनियोजन गरेका छन् ।
    बजेटमा सरकारलाई विश्वासको मत दिएर सरकार बाहिर बसेको राप्रपालाई खुशी बनाउने प्रयास गरिएको छ । बजेटमा पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालीक पुनः ठड्याउने घोषणा गरिएको छ ।
    अर्थमन्त्री गुरुङले पृथ्वीचोकमा शालीक निर्माण गर्ने र त्यसका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।
    पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको सालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटक–पटक सालिक स्थापनाको माग गर्दै आइरहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट