आज: २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

भिमसेन बचत तथा ऋण सहकारी संस्था ली.को १२औं साधारणसभा सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ कार्तिक २४, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ८० पाठक संख्या
  • भिमसेन बचत तथा ऋण सहकारी संस्था ली.भरतपुर ०२, नारायणगढको १२औं साधारणसभा आज शनिबार क्षेत्रपुरको आर्दश आमा समुहको सभाहलमा सम्पन्न भएको छ ।
    भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नारायणगढ का प्रवन्धक राम शरण सापकोटा, भरतपुर सहकारी शाखा की अधिकृत रोजी के सी., नेपाल अडिटर एसोसियसन का केन्द्रिय उपाध्यक्ष रामजी प्रसाद अधिकारी,संस्थाका सल्लहाकार दिपक शर्मा पौडेल लगायतले बचत तथा ऋण सहकारी संस्थाले उद्धेश्य भन्दा बाहिर लगानी गर्न नहुने, शेयर सदस्यहरलाई ब्यवसायीक तालिम दिनुपर्ने, बचत गर्दा संचालकका बारेमा जानकारी हुनुपर्ने, बढी ब्याज दिने प्रलोभनबाट बच्नुपर्नेमा जोड दिनु भएको थियो ।
    संस्थाका उपाध्यक्ष गोविन्द प्रसाद श्रेष्ठको संयोजकत्वमा भएको साधारणसभामा संस्थाका सचिव पुष्पकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र संस्थाका कोषाध्यक्ष ओम कुमार श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
    कार्यक्रममा संस्थाका अध्यक्ष अशोक श्रेष्ठले संस्थाको आगामी निति तथा कार्यक्रम को बारेमा जानकारी दिनुभयो । संस्थाले वार्षिक साधारण सभाको अवसरमा असल जेष्ठ नागरिक बचतकर्ता, असल वाल वचतकर्ता,असल बचतकर्ता, असल कारोबारी कर्मचारीलाई सम्मान गरिएको थियो ।
    संस्थाले २०८०÷०८१मा उन्नपचास लाख पैसठ्ठी हजार एक सय पैतालिस रुपैया नाफा कमाएको छ । संस्थाले स्थागत पुजिँ,बचत निक्षेप, ऋण लगानी, कुल सम्पति बढाएको छ । आगामी बर्ष भन्दा खर्च घटाएको छ । तर आम्दानी भने आ.व. भन्दा करिब ५० लाख कम कमाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट