
चितवन,२०८१ मंसिर २९
सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं.–४२) चितवनद्वारा आयोजित लगानीकर्ता भेटघाट कार्यक्रम–२०८१ शनिबार भरतप्र–२, भयँरथानमा सम्पन्न भएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा केशव कोइराला (काका) प्रमुख अतिथि रहनुभएको थियो । सनी सेक्युरिटिज चितवनका मेनेजर उज्जवल पौडेलद्वारा सञ्चालित कार्यक्रममा नियमित लगानीकर्ता बालानाथ सिग्देल, मनोज पुरी, शान्ती श्रेष्ठ, मुक्तिराम तिवारी, कमला गिरी सम्मानित हुनु भएको थियो । कार्यक्रममा लगानीकर्ता कमला गिरी र दिलिप काफ्लेले सनि सेक्युरिटिज चितवनले लगानीकर्ताको मन जित्न सफल भएको बताउनुभयो । चितवन शाखाको नवौँ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस